चरौदी बस दुर्घटना : दुई विदेशीसहित १७ जनाको मृत्यु, उद्धार कार्य सकियो

चरौदी बस दुर्घटना : दुई विदेशीसहित १७ जनाको मृत्यु, उद्धार कार्य सकियो


पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका-७ चरौदी नजिकै यात्रुवाहक बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ ।

पोखराबाट काठमाडौं आउँदै गरेको ग२ ख १४२१ नं को बस गएराति त्रिशूली नदी किनारमा खसेको थियो । दूर्घटनामा ११ जना पुरुष र ६ जना महिलाको घटनास्थमै मृत्यु भएको हो । तीमध्ये एक महिला र एक पुरुष विदेशी नागरिक रहेका छन् ।

बसमा ४४ जना सवार रहेको बताइएको छ । २६ जना घाइतेको उद्धार गरी अस्पताल पठाइएको छ ।

दुर्घटनास्थलबाट सबै घाइतेहरुको उद्धार गरिसकिएको छ । केही घाइतेलाई स्थानीय अस्पतालमा उपचार गरिएको छ भने अधिकांशलाई काठमाडौं पठाइएको छ ।

जिल्लाका तीनै सुरक्षा निकाय र स्थानीयले उद्धार गरेका थिए ।

photo: rss