ब्राजिलमा भारी वर्षाका कारण १४ जनाको मृत्यु

ब्राजिलमा भारी वर्षाका कारण १४ जनाको मृत्यु


ब्राजिलको दक्षिणपूर्वी क्षेत्रमा भारी वर्षाका कारण कम्तीमा १४ जनाको मृत्यु हुनुका साथै चार सय भन्दा बढी विस्थापित भएका छन् । मिनास गेराइस राज्यका अधिकारीहरूले मङ्गलबार (२४ फेब्रुअरी) जानकारी दिएका छन् ।

जुइज डे फोरा नगर प्रमुखको कार्यालयले हताहत हुनेको सङ्ख्या उल्लेख नगरिकन सामाजिक सञ्जालमा दिएको जानकारी अनुसार बाढी, पहिरो र नदीको बहाव बढेपछि केही व्यक्ति हताहत भएको जनाएको छ ।

मिनास गेराइस अग्नी नियन्त्रण विभागलाई उद्धृत गरी स्थानीय सञ्चारमाध्यमले बताएअनुसार १४ जनाको मृत्यु भएको छ भने कम्तीमा ४५ जना बेपत्ता भएका छन् ।

जुइज डे फोराका मेयर मार्गरिडा सालोमाओले लगातारको तीव्र र वर्षालाई लिएर सङ्कटकाल घोषणा गरेका छन् ।

आधिकारिक तथ्याङ्कका अनुसार यो महिना जुइज डे फोरामा सबैभन्दा बढी वर्षा भएको रेकर्ड गरिएको छ ।