‘कागजी बाघ’ छोडेर ‘असली बाघ’को पछि लागेँ : रास्वपाका नवलपरासी जिल्ला सभापति

‘कागजी बाघ’ छोडेर ‘असली बाघ’को पछि लागेँ : रास्वपाका नवलपरासी जिल्ला सभापति


नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

प्रतिनिधिसभाको निर्वाचन हुन एक साता बाँकी रहँदा रास्वपा सभापति ठकुरी कांग्रेसमा प्रवेश गरेका हुन् ।

कांग्रेस केन्द्रीय उपसभापति विश्वप्रकाश शर्माले ठकुरीलाई खादामालाले स्वागत गर्दै पार्टी प्रवेश गराएका हुन् ।

नवलपरासी बर्दघाटको चौपतामा भएको कांग्रेसको चुनावी सभामा ठकुरी कांग्रेस प्रवेश गरे । सो अवसरमम ठकुरीले कागजी बाघ रास्वपा छोडेर असली बाघ कांग्रेस रोजेको बताए ।