कालोसूचीमा परेका कारण धनुषा क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज भएको अवस्थामा सर्लाहीका अर्का एक उम्मेदवार पनि कालोसूचीमा परेको तथ्य सार्वजनिक भएको छ । सर्लाही–३ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार नरेन्द्र साह कलवार कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेको पाइएको हो ।
कलवारलाई पछिल्लोपटक २०८१ मंसिर ५ गते कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेको थियो, जो अहिलेसम्म कायमै रहेको देखिन्छ । निर्माण व्यवसायमा सम्बद्ध उनीमाथि ठेक्का लिएका विभिन्न आयोजना अलपत्र पारेको आरोप लाग्दै आएको छ ।
ज्ञातव्य छ, यसअघिको निर्वाचनमा माओवादी केन्द्रबाट उम्मेदवार रहेका कलवारले यसपटक रास्वपाबाट उम्मेदवारी दिएका छन् ।
प्रतिक्रिया