रास्वपाका अर्का उम्मेदवारको पनि उम्मेदवारी खारेज हुने !

रास्वपाका अर्का उम्मेदवारको पनि उम्मेदवारी खारेज हुने !


रास्वपाका अर्का उम्मेदवारको पनि उम्मेदवारी खारेज हुने देखिएको छ । सर्लाहीको क्षेत्र नम्बर ३ का रास्वपा उम्मेदवार नरेन्द्र साह कलवारको उम्मेदवारी खारेज हुने सम्भावना देखिएको हो ।

यसअघि धनुषाको निर्वाचन क्षेत्र नम्बर १ बाट रास्वपाको उम्मेदवार रहेका किशोरी साहको उम्मेदवारी खारेज भएको थियो भने जुवाखाना सन्चालन र ठेक्कापट्टा गर्दै आएका नरेन्द्र साह कर्जा सूचना केन्द्रको कालो सूचिमा रहेका कारण उनको उम्मेदवारी खारेज हुने स्थिति बनेको हो ।

गत वर्षको मङ्सिर ५ गते कर्जा सूचना केन्द्रले नरेन्द्र साह कलवारको नाम कालो सूचिमा समाबेस गरेको थियो । साहले लिएको ठेक्का अग्रिम रकम लिएर पनि काम सम्पन्न नगरी अलपत्र छोडेकोले निजलाई कर्जा सूचना केन्द्रले कालो सूचिमा समावेस गरेको हो ।

धनुषा १ का किशोरी साहको नाम पनि सोही सूचिमा फेला परेपछि निजको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएको थियो । कानून अनुसार कर्जा सूचना केन्द्रको कालो सूचिमा परेका ब्यक्ती कुनै पनि तहको निर्वाचनमा उम्मेदवार बन्न सक्दैनन् । त्यसैले सर्लाही ३ का रास्वपा उम्मेदवार नरेन्द्र साहको पनि उम्मेदवारी खारेज हुने विश्वास गरिएको छ ।