महोत्तरीमा स्वतन्त्र उम्मेदवारमाथि कुटपिट

महोत्तरीमा स्वतन्त्र उम्मेदवारमाथि कुटपिट


महोत्तरी जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार रामआधार कापरमाथि कुटपिट भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक हेरम्ब शर्माका अनुसार जलेश्वर नगरपालिका-७ मा अज्ञात समूहले उनमाथि निर्घात कुटपिट गरेको हो । घटना गएरातिको हो ।

स्वतन्त्र उम्मेदवार कापरको छाती, पिठ्युँ तथा शरीरका विभिन्न भागमा चोट लागेको छ । हाल उनको जनकपुरमा उपचार भइरहेको जनाइएको छ ।

आक्रमणमा परेपछि कापरले सहयोगका लागि प्रहरी-प्रशासनमा खबर गरेका र आफूहरुले तत्काल उनलाई उद्धार गरी अस्पताल पठाएको प्रहरी उपरीक्षक शर्माले जनाएका छन् । घटनास्थलमा प्रहरी पुगेपछि भागेका आक्रमणकारीहरुको खोजी जारी छ ।

file photo