संघीय संसद निर्वाचन २०८२ अन्तर्गत झापामा करिब ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ । जिल्ला निर्वाचन कार्यालय झापाले जिल्लाभरबाट संकलन गरेको प्रारम्भिक विवरण अनुसार ६५ प्रतिशत मत खसेको अनुमान गरेको हो ।
यस निर्वाचनमा झापा ५ मा भने सबैभन्दा धेरै ७० प्रतिशत मत खसेको अनुमान गरिएको निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीकुमार नेपालले जानकारी दिए ।
यो निर्वाचन क्षेत्रमा प्रधानमन्त्रीका दुई अनुहार एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा वरिष्ठ नेता बालेन्द्र साहसहित २४ जना चुनावी मैदानमा छन् ।
यस क्षेत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह प्रतिस्पर्धामा रहेकैकरण यो क्षेत्र निर्वाचनको महाभिडन्त क्षेत्र समेत बनेको छ ।
पाँचवटा निर्वाचन क्षेत्रका लागि ९० जना उम्मेदवार जनमत परीक्षणका लागि चुनावी मैदानमा छन् । यहाँ तीन लाख ५८ हजार ३४६ पुरुष, तीन लाख ५५ हजार १८३ महिला र आठ अन्य गरी सात लाख १३ हजार ५३७ मतदाता थिए । झापामा शान्तिपूर्ण मतदान सम्पन्न पछि अहिले मुचुल्का उठाउने र मतपेटिका सिलबन्दी गर्ने काम समेर मतपेटीका जम्मा गर्ने कार्य जारी रहेको निर्वाचन कार्यालय झापाका प्रमुख नेपालले जानकारी दिए ।
प्रतिक्रिया