प्रतिनिधिसभा सदस्य निर्वाचनको इपी सेन्टरको रुपमा चर्चा गरिएको झापा निर्वाचन क्षेत्र नं ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह निर्वाचित भएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार साहले ६८,३४८ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले १८,७३४ प्राप्त गरेका छन् ।
यहाँ श्रम संस्कृति पार्टीका समिर तामाङले नौ हजार २३३, नेपाली कांग्रेसकी मन्धरा चिमरियाले एक हजार ८२१, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मीप्रसाद सङ्ग्रौलाले एक हजार ५३६ मत प्राप्त गरेका छन् ।
यस क्षेत्रमा कुल एक लाख ६३ हजार ३७९ मतदाता रहेकामा एक लाख ६ हजार ५६८ मत खसेको थियो ।
चुनावको नतिजा सार्वजनिक भएपछि एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत् बालेन्द्र साहलाई विजयको बधाई दिएका छन् । आफूले कुनैबेला साहलाई उपहारस्वरुप तबला प्रदान गर्दैगर्दाको तस्बिर फेसबुक वालमा सेयर गर्दै केपी ओलीले भनेका छन्-
बालेन बाबु,
बिजयको लागि तपाईंलाई बधाई !
तपाईंको पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्- हार्दिक शुभकामना !
प्रतिक्रिया