नेपाली कांग्रेसका सभापति गगन थापा प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएका छन् । सर्लाहीको ४ बाट उम्मेदवारी दिएका थापालाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. अमरेशकुमार सिंहले भारी मतान्तरले पराजित तुल्याएका हुन् ।
गता बिहीबार सम्पन्न प्रतिनिभिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार डा. सिंहलेले ३५ हजार ६८८ मत प्राप्त गर्दा कांग्रेस सभापति थापाले २२ हजार ८३८ मत हासिल गरे । डा. सिंहले यस क्षेत्रमा मतगणनाको प्रारम्भदेखि नै अग्रता कायम गरेका थिए ।
यस क्षेत्रमा नेकपा (एमाले)का उम्मेदवार अमनिशकुमार यादवले नौ हजार ३४३, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार रजनिश राय यादवले एक हजार ४०१ र जनमतका उम्मेदवार राकेश मिश्राले एक हजार ५७२ मत प्राप्त गरेको निर्वाचन अधिकृत विनोदप्रसाद घिमिरेले जानकारी दिए ।
एक लाख २१ हजार १२ जना मतदाता रहेका यस क्षेत्रमा ७७ हजार ९३१ मत खसेको थियो ।
प्रतिक्रिया