लामो संसदीय अभ्यास रहेको र अघिल्लो प्रतिनिधिसभा सदस्यमा सबैभन्दा ठूलो दल कांग्रेस यस निर्वाचनमा निकै पछि परेको छ । कांग्रेसका सभापति गगन थापा, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे, सहमहमन्त्रीहरू फरमुल्लाह मन्सुर, उदयशम्शेर राणा, प्रकाश रसाइली स्नेही पराजित भएका छन् ।
त्यस्तै, वरिष्ठ नेताहरू डा. शेखर कोइराला, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, एनपी साउद, महालक्ष्मी उपाध्याय ‘डिना’लगायत नेताहरू पनि पराजित भएका छन् ।
त्यसैगरी, एमालेका अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्षहरू गोकर्ण विष्ट, पृथ्वीसुब्बा गुरुङ, विष्णुप्रसाद पौडेल, महासचिव शङ्कर पोखरेल, उपमहासचिवहरू रघुवीर महासेठ, लेखराज भट्ट, सचिवहरू भानुभक्त ढकाल, शेरधन राई, महेश बस्नेत र डा. राजन भट्टराई पराजित भएका छन् ।
सो पार्टीका वरिष्ठ नेताहरू ईश्वर पोखरेल, देवराज घिमिरे, प्रदीपकुमार ज्ञवालीलगायत पनि पराजित हुन पुगे ।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड विजयी बनेपनि उनको दलका सहसंयोजक माधवकुमार नेपाल, वरिष्ठ नेताहरू नारायणकाजी श्रेष्ठ, महिन्द्रराय यादव, राजेन्द्रप्रसाद पाण्डे, शक्ति बस्नेतलगायत नेताहरू पनि पराजित भएका छन् ।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, वरिष्ठ नेता कमल थापालगायत पराजित भएका छन् ।
विसं २०४८ देखि निरन्तर आफ्नो वर्चस्व कायम गर्दै आएको पार्टी नेपाल मजदुर किसान पार्टी पनि यस निर्वाचनमा संसदीय यात्राबाट बाहिरिने भएको छ । सो पार्टीका नेता प्रेम सुवाललगायत कुनै पनि उम्मेदवारले निर्वाचनमा सफलता हासिल गर्न सकेनन् ।
विसं २०६४ को मधेस आन्दोलनपछि उदाएका मधेसवादी दल र तिनका शीर्ष नेताहरू पनि यस निर्वाचनमा पराजित भएका छन् । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो, जनमत पार्टीका अध्यक्ष सिके राउत, आम जनता पार्टीका अध्यक्ष प्रभु साहलगायत शीर्ष नेताहरू पनि यस निर्वाचनमा पराजित भएका छन् ।
प्रतिक्रिया