बुढानीलकण्ठमा एक ब्यक्ति मृतावस्थामा फेला

बुढानीलकण्ठमा एक ब्यक्ति मृतावस्थामा फेला


काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१० कपन बालुवाखानी नगर अस्पताल नजिक झ्याङमा एक जना पुरुष मृतावस्थामा फेला परेका छन् ।

हाल नाम, थर र वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष मृतावस्थामा फेला परेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए ।

काफ्लेले भनेका छन्, ‘बूढानीलकण्ठ–१० कपन बालुवाखानी नगर अस्पताल नजिक झ्याङमा आइतबार उनी मृतावस्थामा फेला परेका हुन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।’