संविधानअघि माओवादीलाई किन सत्ता चाहियो ?

संविधानअघि माओवादीलाई किन सत्ता चाहियो ?


w ध्रुवराज पुरी
कुरा सरल छ, यसमा सोचिरहनुपर्ने कुनै आवश्यकता छैन । जसरी जङ्गली जनावरले पानीले तिर्खाएको बेलामा समेत सिकार गर्ने उद्देश्य राख्छ, त्यही कुरालाई अहिले माओवादीले पनि आत्मसात् गरेको मात्र हो । माओवादीको न त संविधान बनाउने उद्देश्य छ न त जनताको भलो गर्ने । उनीहरू कसरी सत्ता प्राप्त गर्न सकिन्छ भनेर मात्र दौडधुप गरिरहेका छन् । संविधानसभाको सबैभन्दा ठूलो दल भएर पनि माओवादी जनता र राष्ट्रको भन्दा पनि आफ्नो स्वार्थसिद्ध कसरी हुन्छ भनेर लाग्नु विडम्बनाको विषय बनेको छ । माओवादीले सत्ताप्राप्तिको अवसरमा पनि लोकतान्त्रिक तरिकाले मुलुकलाई अगाडि बढाउनुको साटो मनपरी र निरङ्कुश तरिकाले चलाएको कसैबाट छिपेको छैन । सो क्रममा आफ्नो अभीष्ट पूरा नभएपछि स्वयम् माओवादीले नै सरकार छोडेको सबैलाई ज्ञात भएकै कुरा हो । तर्सथ पाएको अवसरलाई केही गर्न नसकी त्यसै गुमाएको माओवादीले अहिलेे केका लागि सत्ता खाजेको त्यो बुझिनसक्नु भएको छ । मेरो विचारमा अब संविधान लेख्न थोरै समय मात्र बा“की रहेको अवस्थामा माओवादीले सत्ताको सपना देखेर मुलुकलाई संविधानविहीन बनाउनुभन्दा अन्य राजनीतिक दलहरूस“ग सहमति र सहकार्य गरेर अगाडि बढेमा मुलुकले निकास पाउने थियो कि –

w लक्ष्मण पौडेल
मुलुकको सबैभन्दा ठूलो पार्टीको हैसियतले पनि माओवादीले सरकार सञ्चालन गर्न पाउनर्ुपर्छ । हाल संविधानसभाको निर्वाचनमा पराजित राजनीतिक पार्टीहरूको गठबन्धनबाट सरकार सञ्चालन भए पनि यसको वैधानिक औचित्य कति छ सबै जनताले स्पष्ट रूपमा बुझेका छन् । यो सरकारबाट आउ“दो जेठ १४ गतेसम्म नया“ संविधान जारी गर्नेतर्फ कुनै सकारात्मक कार्य नभएको प्रस्ट भइसकेको छ । मुलुकलाई अग्रगमनतर्फ लगी नया“ गणतान्त्रिक संविधान प्रदान गर्नका लागि माओवादी पार्टीबाहेक अर्को विकल्प छैन । तर्सथ मुलुकमा नया“ संविधान जारी गर्नुअघि माओवादी पार्टीको नेतृत्वमा सर्वदलीय सरकार गठन हुनु नितान्त आवश्यक छ । जेठ १४ गतेपछि संविधानसभा स्वतः निष्त्रिmय हुने ह“ुदा एक मात्र विकल्पमा रहेको माओवादीको नेतृत्वमा सरकार गठन हुनु अहिले आवश्यकता भइसकेको छ । वास्तविक रूपमा भन्नुपर्दा अहिले माओवादीलाई सत्ता चाहिएको नभई मुलुकलाई माओवादीको नेतृत्व चाहिएकोले मुलुकको सर्वपक्षीय निकासका लागि पनि माओवादीलाई नेतृत्व सम्हाल्न दिनर्ुपर्छ ।

w अर्जुन गुरुङ
अहिले देशको विषम परिस्थितिअनुसार संविधान बनाउनुपर्नेमा सत्ताको लोलुपता देखेर कर्ुर्सर्ीी जान खोज्नु माओवादी राजनीतिक दुःस्साहस मात्रै हो । अहिलेको अवस्था भनेको सबै राजनीतिक दलहरू मिलेर, सहमति र सहकार्य गरेर संविधान बनाउनु हो । यतिबेला सम्पूर्ण पार्टीहरूले कुनै लोभ-लालच नगरी संविधानलेखनमा जुट्नुपर्नेमा सत्ताका लागि र्‍याल चुहाउनु कदापी राम्रो कुरा होइन । अझ जनताले विश्वास गरेर संविधानसभाको सबैभन्दा ठूलो दल बनेको माओवादीले यस्तो व्यवहार गर्न कदापी सुहाउ“दैन । वास्तविक रूपमा भन्नुपर्दा माओवादीले पहिले पनि नौ महिना सरकार चलाएको र पछि स्वेच्छिक रूपमा सत्ता छाडेकाले अब केका लागि सत्तामा जाने त्यो प्रश्न अहम् भएको छ । सत्तामा हु“दा पशुपति, सेनापति र राष्ट्रपतिको विरोध मात्रै गरेर समय खर्चेको माओवादीले संविधानलेखनको छोटो समयमा किन सत्ताको मोह राखेको हो त्यो हास्यास्पद भएको छ । वर्तमान अवस्थामा संविधान निर्माण गरेर मुलुकमा शान्ति र सुव्यवस्था कायम गर्न अहिले सबै पार्टी युद्धस्तरमा लाग्नुपर्ने भएकोले माओवादीले सत्ताको हट छोडेर मुलुकलाई नौलो मार्गमा उभ्याउनेतर्फ लाग्नु बेस होला ।

w दीपा पुरी
अहिले सत्ताका लागि झगडा गर्ने बेला होइन । माओवादीलगायतका राजनीतिक पार्टीहरूले सत्ता प्राप्तिभन्दा संविधान बनाउनुपट्ट िलाग्नर्ुपर्छ । जनताको चाहना शान्ति, सुव्यवस्था र विकास भएकोले सबै पार्टीले सहमति र सहकार्य गरेर अगाडि बढ्नर्ुपर्छ । जनताका लागि भाषण प्यारो नभई रासन हुने भएकोले त्यसको व्यवस्था कसरी गर्न सकिन्छ त्यसतर्फ लाग्दा राम्रो हुनेछ । माओवादीले विगतमा जसरी सत्ता सञ्चालन गरेका थिए त्यो नेपाली जनताको चाहनाविपरीत थियो । माओवादीले नेपाली जनताभन्दा पनि माओवादी कार्यकर्तालाई मुलुकको र्सर्वेर्सवा बनाउने रणनीति अख्तियार गर्दा उनीहरू सत्ता चलाउन असफल भएका थिए । अझ अनावश्यक रूपमा विभिन्न ठाउ“मा हस्तक्षेप गरेर स्वयम्ले आफूलाई नङ्ग्याएका थिए । तर्सथ माओवादीजस्तो क्रान्तिकारी पार्टीले मुलुकको आमूल परिवर्तनका लागि सत्ताको मुख ताक्नु कदापी उचित कुरा होइन । जनचाहना के हो त्यो बुझेर संविधान बनाउनुपट्ट िलागेमा बितेको समयमा गुमेको माओवादीका साखमा सुधार आउने थियो कि –

w सर्ुदर्शन सिग्देल
अहिले पनि सबै राजनीतिक पार्टीहरूलाई मुलुकको संविधान लेख्नेभन्दा पनि सत्तामोहले गा“जेको छ । उनीहरूलाई जनताले के म्यान्डेट दिएर संविधानसभामा पुर्‍याएका हुन् त्यो सबै बिर्सिसकेका छन् । जनताको पहिलो प्राथमिकता मुलुकको संविधान निर्माण र शान्ति सुव्यवस्था रहे पनि त्यो महत्त्वपूर्ण विषयमा कुनै राजनीतिक पार्टीको ध्यान पुग्न सकेको छैन । जहा“सम्म अहिले माओवादीलाई किन सत्ता चाहिएको होला भन्ने प्रश्न छ, माओवादी संविधान बनाउनुभन्दा पनि आफ्नो नीति र कार्यक्रमलाई कार्यान्वयन गराउन सत्तामा जान खोजेको हो । सरकार सञ्चालन गर्न पाउ“दा सरकारी साधन स्रोतको कसरी उपभोग गर्न सकिन्छ भन्ने कुरा आफ्नोे नौ महिने कार्यकालमा राम्रोस“ग बुझेको माओवादीले सोही उद्देश्य परिपर्ूर्ति गर्न यतिबेला सरकारमा जान उत्साहित भएको हो । अहिले अवस्थामा संविधान तोकिएकै समयमा बन्ने कुरामा शङ्का-उपशङ्का गरिनु स्वाभाविकै हो । तर्सथ माओवादीसहितको एउटा राष्ट्रिय सरकार बन्नु अहिले जरुरी भइरहेको छ । जसले नया“ नेपालको नया“ संविधान समयमै दिन सक्छ । यसका लागि सबै पार्टीहरूले सत्ताको मोहलाई त्यागेर सहमति र सहकार्यका साथ अगाडि बढ्नुपर्ने भइसकेको छ ।

w कर्मा दार्जे शेर्पा
अहिलेको अवस्था सरकारमा जाने, सत्ताको नेतृत्व गर्नेभन्दा पनि समयको ख्याल गरेर सबै राजनीतिक पार्टीहरूले संविधान बनाउनेपट्ट िलाग्नर्ुपर्छ । माओवादीले सरकारको नेतृत्व गर्ने कुरा छोडेर अहिलेकै सरकारमा समावेश भएर गएको खण्डमा राम्रो हुन्छ । जनताले अहिले कसले सरकारको नेतृत्व गर्नेभन्दा पनि संविधान बनेको हर्ेन चाहेकोलेे सबै पार्टीले मिलेर मुलुकको संविधान बनाउनर्ुपर्छ । अहिलेको मुख्य मुद्दा भनेको संविधान निर्माण र शान्ति-सुव्यवस्था भएकोले जनताको आकाङ्क्षा पूरा गर्न पनि सबै पार्टीहरू लचिलो भएर संविधान बनाउनेतर्फ लाग्दा बेस हुन्छ । देशमा शान्ति-सुरक्षा कायम गर्न, राजनीतिक अराजकतालाई हटाउन र जनताको ढुक्कस“ग बा“च्न पाउने अधिकारका लागि कुनै पनि राजनीतिक पार्टीले सत्ताका लागि हानथाप गर्नुभन्दा सहमति र सहकार्य गरेर गएको खण्डमा मुलुकले राहत पाउने थियो । जनताले पार्टीहरूलाई संविधान बनाउनका लागि संविधानसभामा पठाएकाले उनीहरूले पनि आफ्नो उत्तरदायित्व के हो त्यो बुझ्नर्ुपर्छ । तर्सथ अनायासमै सत्ताका लागि समय व्यतीत गर्नुभन्दा भोलि आउने जटिल परिस्थितिको ख्याल गरेर सबै मिलेर अगाडि बढ्दा मुलुकलाई राम्रो हुने थियो ।