बालेन्द्र साहलाई प्रधानमन्त्री बनाउने बाटो खुलाउन रास्वपाको सचिवालय बैठक बस्दै

बालेन्द्र साहलाई प्रधानमन्त्री बनाउने बाटो खुलाउन रास्वपाको सचिवालय बैठक बस्दै


प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज (३० फागुन) बस्दैछ ।

पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार सचिवालयको बैठक बस्न लागेको जानकारी दिँदै प्रवक्ता मनिष झाले बैठकको समय र स्थानचाहिँ तय नभएको बताएका छन् ।

समानुपातिक उम्मेदवार सिफारिससम्बन्धी विषयमा केन्द्रीत हुने बैठकले वरिष्ठ नेता बालेन्द्र साहलाई प्रधानमन्त्री बनाउने बाटो खुलाउन पार्टी विधान संशोधन र विविध विषयमा पनि छलफल हुने बताइएको छ ।