समानुपातिक सांसदको नाम टुङ्गो लगाउन एमालेको सचिवालय बैठक बस्दै

समानुपातिक सांसदको नाम टुङ्गो लगाउन एमालेको सचिवालय बैठक बस्दै


हालै सम्पन्न निर्वाचनको समीक्षा एवं समानुपातिक सांसदको नाम टुङ्गो लगाउन आज (३० फागुन) नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक बस्दैछ ।

दिउँसो १ः०० बजे भक्तपुरस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बैठक राख्ने तयारी गरिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिएका छन् ।

बताइएअनुसार बैठकमा समानुपातिकतर्फबाट निर्वाचित सांसदको नाम टुङ्गो लगाउने र निर्वाचनको समीक्षा गरिनेछ ।

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फबाट निर्वाचन उम्मेदवारका नाम सिफारिस गर्न राजनीतिक दललाई आजसम्मको समयसीमा तोकेको छ ।