रास्वपाको सचिवालय बैठक आइतबारका लागि सऱ्यो, कांग्रेसको बैठक पनि आइतबार नै

रास्वपाको सचिवालय बैठक आइतबारका लागि सऱ्यो, कांग्रेसको बैठक पनि आइतबार नै


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आज शनिबार बस्ने भनिएको सचिवालय बैठक आइतबार (चैत १) बस्ने भएको छ । पार्टी प्रवक्ता मनिष झाका अनुसार बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्ने विषयमा मुख्य रूपमा छलफल हुनेछ ।

सभापति रवि लामिछानेको अस्वस्थताका कारण यसअघि आज बस्ने भनिएको सचिवालय बैठक भोलि बिहानका लागि सारिएको जनाइएको छ ।

यसैबीच नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०८२ चैत्र १ गते आइतबार दिउँसो १ः०० बजे केन्द्रीय कार्यालय, बीपी स्मृति भवन ललितपुरमा बस्ने जानकारी दिइएको छ ।

बैठकमा समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये दलले प्राप्त गरेको सिट संख्याको आधारमा प्रतिनिधि सभा सदस्य छनौट गरी निर्वाचन आयोगमा पठाउने एजेण्डामा छलफल हुने पार्टीका का.वा. मूख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।