जग्गा-विवादमा आमाको हत्या

जग्गा-विवादमा आमाको हत्या


कञ्चनपुरको दोधारा-चाँदनी नगरपालिका-४ माननीय चोकनिवासी हरिप्रसाद श्रेष्ठले ७५ वर्षीया आमा बिन्द्रा श्रेष्ठको हत्या गरेका छन् भने धारिलो हतियार प्रहार गरेर बहिनीलाई घाइते बनाएका छन् ।

कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हेमबहादुर शाहीका अनुसार गएराति भएको उक्त घटनामा अभियुक्तकी आमाको घटनास्थलमै मृत्यु भएको हो । दाजुको आक्रमणमा घाइते भएकी भगवती माझीको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

घटनापछि हरिप्रसाद फरार भएका छन् भने उनको खोजी जारी छ । जग्गासम्बन्धी विवाद घटनाको प्रमुख कारण भएको बताइएको छ ।