ब्यापक रूपमा कर्मचारी कटौती गर्दै बीबीसी !

ब्यापक रूपमा कर्मचारी कटौती गर्दै बीबीसी !


बीबीसीले व्यापक रूपमा कर्मचारी कटौती गर्ने भएको छ । विभिन्न बेलायती सञ्चारमाध्यमले जनाएअनुसार बीबीसीले दुई हजार कर्मचारी कटौती गर्न लागेको छ ।

‘आईटिभी न्यूज’ र ‘प्रेस एसोसिएसन न्यूज एजेन्सी’का अनुसार यो कटौती प्रसारण क्षेत्रमा एउटै संस्थाले लगभग १५ वर्षमा गर्न लागेको सबैभन्दा ठूलो कटौती हुनेछ।

यद्यपि, बीबीसीले चाहिँ कथित रूपमा कर्मचारी कटौती गर्न लागिएको भन्नेबारेमा पुष्टि गरिसकेको छैन ।