अशोक सिलवाल अब ‘गाउँ दूत’

अशोक सिलवाल अब ‘गाउँ दूत’


लाङटाङ सद्भावना दूतसमेत रहेका लेखक तथा पत्रकार अशोक सिलवाल गाउँ पर्यटन दूत नियुक्त भएका छन् । गाउँ पर्यटन प्रवर्धन मञ्च (भिटोफ) नेपालले सिलवाललाई ‘गाउँ’ सद्भावना दूत नियुक्त गरेको हो ।

पत्रकारिता, लेखन र पर्यटनमा उत्तिकै सक्रिय सिलवाल यसअघि सो संस्थाका सल्लाहकार थिए । ‘एभरेस्ट : एन अनफिनिस्ड स्टोरी’, ‘अप्प दीपो भवः’, ‘श्रीलंका स्मृति’ लगायतका लेखक सिलवाल वृत्तचित्र निर्देशक पनि हुन् । पछिल्लो समय सिलवाल हिमालयदेखि महासागरसम्मको नेपाल किताब यात्रामा छन् ।

संसार शीर सगरमाथा आधारित भए पनि भुइँतिर फर्किएको गन्तव्यभन्दा यात्रा महत्वपुर्ण हो भन्ने ‘एभरेस्ट : एन अनफिनिस्ड स्टोरी’, आत्मरुपान्तरणको कथा बोल्ने ‘अप्प दीपो भव:’ र महासागरमा हिमालय अनुभुति गर्दै प्रकृतिको एकरुपता प्रकट गर्ने ‘श्रीलंका स्मृति’ समेटिएको ‘एचटुओ’ नेपाल किताब यात्रा देशको सतहत्तरै जिल्ला पुग्दैछ ।

यसअघि उनले पशुपतिनाथदेखि मायादेवी मन्दिरसम्म अप्प दीपो भवः यात्रा गरेका थिए ।