केयुको जिम्मेवारी प्राध्यापक वाग्लेलाई

केयुको जिम्मेवारी प्राध्यापक वाग्लेलाई


काठमाडौं विश्वविद्यालय (केयु)को उपकुलपतिको दैनिक कार्य सञ्चालनको जिम्मेवारी प्राध्यापक ऋषिकेश वाग्लेले प्राप्त गरेका छन् ।

प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति बालेन्द्र साहले गत वैशाख ३० गतेको निर्णयानुसार विश्वविद्यालयको रिक्त उपकुलपतिमा दैनिक कार्य गर्नेगरी उनलाई जिम्मेवारी तोकेका हुन् । वाग्ले सो विश्वविद्यालयको कानुन सङ्कायका पूर्व डीन हुन् । केयुले जनाएअनुसार आज (१ जेठ)देखि उनले कार्यभार पनि सम्हालेका छन् ।