काठमाडौंको चन्द्रागिरि नगरपालिका-३ थानकोटमा महोत्तरीका समी अहमद र जाकिर मन्सुरीबीचको घरायसी विवाद ब्यक्ति-हत्यामा परिणत भएको छ ।
गएराति घरायसी विषयमा विवाद बढेपछि भिनाजु समीले सालो मन्सुरीलाई चक्कु प्रहार गर्दा मन्सुरीको मृत्यु भएको छ ।
जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार अभियुक्त समीलाई नियन्त्रणमा लिइएको छ । मन्सुरीको शव परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल पठाइएको छ ।
प्रतिक्रिया