✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४८ नेपाल सं. ११४६ रौद्रनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८३ जेठ ९ गते तद्अनुसार सन् २०२६ मे २३ तारिख शनिबार अधिक शुक्ल पक्षको सप्तमी तिथि अश्लेषा नक्षत्र ७ः४३ पर मघा नक्षत्र ध्रव योग भद्रा करण आनन्दादिमा मानस योग चन्द्रमा कर्कट राशिमा ७ः४३ त्यसपछि सिंह राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१३ मा भयो र सूर्यास्त साँझ १८ः४९ बजे हुनेछ ।
आजको राशिफल
मेष – आजको दिन व्यावसायिक काममा खर्च बढ्नुका साथै अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । तापनि, सेवामूलक कामले प्रतिष्ठा दिलाउने समय छ । बौद्धिक चिन्तनले नयाँ विचार जन्माउला । तार्किक क्षमता बढ्नेछ भने अध्ययन–अध्यापनमा प्रगति हुने देखिन्छ । सावधानीले सामान्य फाइदा उठाउन सकिएला । परिवारजनका आवश्यकता पूरा हुनेछन् ।
वृष – मिश्रित फलदायी समय छ । खर्च बढ्नुका साथै आर्थिक अभाव देखापर्न सक्छ । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने समयको सीमालाई ख्याल गर्न नसक्दा महत्वपूर्ण अवसर गुम्न सक्छ । व्यवसायमा पनि सोचेअनुसारको फाइदा नहुने योग छ । स्वास्थ्यचाहिँ सबल रहनेछ । यात्रापरक कार्य सम्पन्न होला । कलात्मक काममा आंशिक सफलताको योग छ ।
मिथुन – पराक्रम वृद्धिका साथै कीर्तिमानी काम गर्ने समय छ । नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ । अवसर प्राप्त हुनुका साथै उत्साहजनक ढङ्गले काम होला । दाम, इनाम र प्रतिष्ठा कमाउने योग छ । व्यापारमा राम्रै फाइदा हुने देखिन्छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । रसरागको भाव वृद्धि होला । प्रतिष्पर्धीहरू परास्त हुनेछन् ।
कर्कट – गरिएका कामको राम्रै मूल्यांकन हुने समय छ । भौतिक साधनसमेत जुट्नाले प्रसन्नता मिल्ला । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । तार्किक क्षमताले मान–सम्मान दिलाउनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । आयआर्जनका स्रोत बढ्नेछन् । यात्रापरक कार्य सफल रहनेछ । स्वास्थ्य पनि सबल रहला ।
सिंह – केही चुनौतीयुक्त समय छ । नियमित कार्यमा बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ । टीका–टिप्पणी गर्नेहरू सक्रिय रहलान् । प्रक्रिया नमिल्नाले पुरा गरिसकेको काम पनि दोहोरÞ्याउनुपर्ने हुनसक्छ । गल्तीविना नै आक्षेप लाग्नसक्ने योग छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका मिल्नसक्ने योग छ । पारिवारिक समस्याको भने समाधान मिल्ने देखिन्छ । आफन्तको साथले उत्साह जागृत होला ।
कन्या – अरूलाई प्रभावित पारेर काम बनाउने समय हुनाले आजको दिन उत्साहपूर्ण रहला । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । नयाँ कामको प्रस्ताव आउनेछ तर मुख्य काममा बाधा हुने योग छ, सजगताका साथ कार्य–व्यवहार गर्नुहोला । साझेदारीको काम बन्नेछ । दाम्पत्य सम्बन्धमा मधुरता आउने देखिन्छ ।
तुला – आजको दिन घरायसी समस्याले केही सताए पनि गरेका काम सफल हुनाले मन सन्तुष्ट रहनेछ । व्यवसायमूलक काममा राम्रै फाइदा हुने देखिन्छ । आम्दानी बढ्नाले परिवारजनका आवश्यकता पूरा हुनेछन् भने काम देखाएर विशेष उपलब्धि हात पार्न सकिनेछ । अनुभवी तथा वरिष्ठ ब्यक्तित्वको सहयोग जुट्नेछ । आरोग्यबल वृद्धि होला ।
वृश्चिक – ब्यस्तता वा दौडधुप बढेपनि अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । चिताएको कामले राम्रै लाभ दिलाउनेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने योग छ । व्यापारमा राम्रै फाइदा हुने देखिन्छ । शुभचिन्तकहरूको सहयोग जुट्न सक्छ । स्वास्थ्यगत समस्याबाट पार पाइएला । मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ ।
धनु – दिन खास उत्साहजनक नरहन सक्छ । महत्वपूर्ण कार्यमा समयमै होस नपुग्नाले केही चुनौती झेल्नुपर्ने देखिन्छ, होसियारीसाथ काम लिने प्रयत्न गर्नुहोला । लापर्वाहीले अवसर गुम्न सक्छ । आफ्नै कमजोरीले इष्टमित्र टाढिनसक्ने योग छ । पहिलेका समस्या दोहोरिन सक्छन् । सबल स्वास्थ्यका लागि खानपानमा सावधानी अपनाउनु हितकर हुनेछ ।
मकर – मिश्रित फलदायी समय छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । फाइदाका पछि लाग्दा मित्रजनसँगको सम्बन्ध बिग्रन सक्छ । आँटले प्रतिस्पर्धीलाई पनि हराउन सकिनेछ, अवसरले उत्साह जगाउनेछ । स्वास्थ्य केही कमजोर रहनाले कार्यसम्पादनमा असर पर्ने देखिन्छ । महत्वपूर्ण अवसर गुम्न सक्छ, सजग रही कार्य–व्यवहार गर्नुहोला ।
कुम्भ – कर्मबलका साथै व्यस्तता वृद्धि हुनेछ । चुनौती पन्छाउँदै होसियारीसाथ काम लिनुपर्ने समय छ । कुरा लगाउनेहरूले समस्या निम्त्याए पनि मेहनतीहरूका लागि दिन फलदायी रहला । खास योजनाको कार्यान्वयनमा केही चुनौती देखापर्न सक्छ । खर्च बढ्नुका साथै अर्थ अभाव महसुस हुने देखिन्छ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।
मीन – दिगो फाइदाका लागि लगानी बढाउन सकिने समय छ । मेहनतले आम्दानी बढाउला । श्रमको उचित मूल्यांकन हुनेछ भने आजको कामबाट राम्रै धनलाभ हुने देखिन्छ । बोली र ब्यक्तित्वको प्रभाव वृद्धि हुनाले कठिन कार्य पनि सहजै पार लाग्ने देखिन्छ । सहयोगीहरूले उत्साह जगाउनेछन् । रसरागात्मक काममा आकर्षण बढ्नेछ ।
प्रतिक्रिया