FREE AC र आकर्षक क्यासब्याक
विश्व फुटबलको सबैभन्दा ठूलो महोत्सव नजिकिँदै गर्दा, CG Electronics अन्तर्गतको प्रिमियम टेलिभिजन ब्रान्ड Sensei ले आफ्ना ग्राहकहरूका लागि विशेष ‘Sensei मा विश्वकप हेरौँला’ उपहार योजना सार्वजनिक गरेको छ । नेपाली उपभोक्तालाई विश्वकपको रोमाञ्चक अनुभव आफ्नै घरबाट स्टेडियमकै अनुभूति दिलाउने उद्देश्यले ल्याइएको यस अफरमा आकर्षक उपहार, विस्तारित वारेन्टी तथा सहज EMI सुविधा समावेश गरिएको छ ।
यस योजना अन्तर्गत Sensei TV खरिद गर्ने ग्राहकहरूले Lucky Draw मार्फत FREE AC जित्ने अवसर प्राप्त गर्नेछन् । साथै ग्राहकहरूले रु. २३,४०० सम्मको आकर्षक Cash Back सुविधा पनि प्राप्त गर्न सक्नेछन् । विश्वकपको उत्साहलाई अझ लामो समयसम्म कायम राख्ने उद्देश्यले Sensei ले यस अभियानमा विशेष २४+२४ महिना सर्भिस वारेन्टी समेत उपलब्ध छ ।
Sensei Smart TV हरूमा उपलब्ध 4K Ultra HD Display, Dolby Audio तथा webOS Smart Platform जस्ता अत्याधुनिक प्रविधिहरूले विश्वकपका हरेक गोल, हरेक उत्साह र हरेक क्षणलाई जीवन्त रूपमा अनुभव गर्न मद्दत गर्नेछन् । उत्कृष्ट चित्र गुणस्तर, स्पष्ट ध्वनि र सहज स्मार्ट फिचरहरूको संयोजनले घरलाई नै विश्वकप हेर्ने आदर्श गन्तव्य बनाउने कम्पनीको दाबी छ ।
“विश्वकप हेर्ने मात्र होइन, प्रत्येक खेललाई स्टेडियमकै अनुभूति दिने हाम्रो लक्ष्य हो। Sensei को अत्याधुनिक प्रविधि, विशेष वारेन्टी र आकर्षक उपहार योजनाले ग्राहकहरूलाई चार वर्षको विश्वकप, चार वर्षकै विश्वसनीयताले अझ विशेष बनाउनेछ,” कम्पनीले जनाएको छ ।
ग्राहकहरूको पहुँचलाई अझ सहज बनाउन नागरिकता मात्रको आधारमा सरल EMI सुविधा समेत उपलब्ध गरिएको छ, जसले प्रिमियम मनोरञ्जनलाई अझ सुलभ बनाउने अपेक्षा गरिएको छ ।
यस अवसरमा CG Electronics ले सम्पूर्ण फुटबलप्रेमी नेपालीहरूलाई विश्वकपको रोमाञ्चक यात्रा Sensei सँगै मनाउन आग्रह गरेको छ। कम्पनीका अनुसार यो योजना २०८३ जेठ २१ गतेदेखि श्रावण ३ गतेसम्म नेपालभरका आधिकारिक CG Electronics शोरूम तथा विक्रेतामार्फत लागू हुनेछ ।
सेन्सेइ ब्रान्डले नेपाली बजारमा रेफ्रिजेरेटर, वाशिङ मेसिन, एयर कुलर, भ्याकुम क्लिनर, चेस्ट फ्रिजर र एलईडी टिभी जस्ता विभिन्न उत्पादनहरू उपलब्ध गराउँदै आएको छ । जापानी इन्जिनियरिङमा आधारित डिजाइन, उच्च टिकाउपन र किफायती मूल्यका कारण सेन्सेइले छोटो समयमै नेपाली उपभोक्तामाझ एक विश्वासिलो ब्रान्डको पहिचान बनाएको छ ।
देशभर रहेका सीजी इलेक्ट्रोनिक्सका शोरूम तथा आधिकारिक डिलर नेटवर्कमार्फत यो योजनाको लाभ उठाउन सकिनेछ । कम्पनीले यस योजनामार्फत ग्राहकहरूलाई भरपर्दो खरिद अनुभव प्रदान गर्ने विश्वास व्यक्त गरेको छ भने यसमा केही शर्तहरू लागू हुने जानकारी समेत दिएको छ ।
प्रतिक्रिया