आजको पञ्चाङ्ग एवम् राशिफल (१२ असार २०८३ शुक्रबार, २६ जुन २०२६)

आजको पञ्चाङ्ग एवम् राशिफल (१२ असार २०८३ शुक्रबार, २६ जुन २०२६)


आजको पञ्चाङ्ग

श्रीशाके १९४८ नेपाल सं. ११४६ रौद्रनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८३ आषाढ १२ गते तद्अनुसार सन् २०२६ जुन २६ तारिख शुक्रबार शुद्ध ज्येष्ठ शुक्लपक्षको द्वादशी तिथि विशाखा नक्षत्र सिद्धि योग बव करण आनन्दादिमा मातङ्ग योग चन्द्रमा तुला राशिमा १४ः५ पर वृश्चिक राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१२ मा भयो र सूर्यास्त साँझ १९ः०१ मा हुनेछ ।

आजको राशिफल

मेष – मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ । हिम्मतले काम बनाउन सकिने समय छ । केही खर्च लाग्ने तर सोचेको काम बन्ने देखिन्छ । व्यवसायमा थप लगानी बढाउन सकिएला । कर्मबल वृद्धि होला । मित्रहरूको सहयोग जुट्नाले काममा हौसला मिल्नेछ भने प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । मिठो भोजन प्राप्त हुनेछ ।

वृष – आजको दिन केही चुनौतीयुक्त रहला । अनावश्यक दौडधुपमा समय बित्न सक्छ । लाभका लागि आफ्ना योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ । आर्थिक कारोबारमा विशेष सजगता अपनाउनुहोला । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । पतिपत्नीबीच घरसल्लाह नमिल्न सक्छ, बोली र व्यवहारमा लचकता अपनाउनु हितकर हुनेछ । रोकिएको काम विशेष मिहेनतले बन्नेछ । आरोग्यता रहनेछ ।

मिथुन – दौडधुप बढेपनि हिम्मत गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् । दीर्घकालसम्म फाइदा हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमताले सम्मान दिलाउनेछ । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । साझेदारीमा पनि फाइदा हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् । प्रेम र मित्रताको गाँठो कसिने देखिन्छ । सुख बढ्नेछ । मिठो भोजन प्राप्त होला । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

कर्कट – काम देखाएर विशेष उपलब्धि हात पार्न सकिने समय छ । व्यवसायमूलक काममा पनि राम्रै फाइदा होला । बोलीको प्रभावले फाइदा उठाउन सकिनेछ । आम्दानी बढ्नाले परिवारजनका आवश्यकता पूरा हुनेछन् । प्रेमभाव बढ्नेछ । मिठो भोजन प्राप्त होला । नियमकानूनले साथ दिनेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

सिंह – कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्ने देखिन्छ । तर, प्रतिस्पर्धीहरूबाट सजग रहनु हितकर होला । पहिलेका कर्मको प्रतिफल पाइनेछ साथै कामको चापबाट पनि फुर्सद पाइने समय छ । फाइदाको पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ, ध्यान राख्नुहोला । खर्च केही बढ्न सक्छ । अध्ययन कार्यमा पछि परिने सम्भावना छ । रचनात्मक कार्यमा मन जाला ।

कन्या – प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गरे पनि अरूको हातमा गइसकेको अवसर जोगाउन सकिने समय छ । प्रेमभाव वृद्धि होला । बोलीको भरमा काम सम्पादन हुने योग छ । प्रशंसकहरू बढ्नेछन् । सुन्दर पहिरनमा रमाउँदै व्यक्तित्व निखार्ने अवसर प्राप्त हुने देखिन्छ । अधिकारका लागि केही संघर्ष हुन सक्छ, तथापि नतिजा तपाईंकै पक्षमा हुनेछ । आरोग्यबल बढ्नेछ । सुख सुविधाको वस्तु प्राप्त हुनेछन् ।

तुला – दिन सुखदायी रहला । विभिन्न भौतिक साधन जुट्नेछन् भने उत्साहजनक समाचारले मन प्रशन्न हुनेछ । सन्तानका माध्यमबाट पनि काम बन्ने सम्भावना छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । विभिन्न भौतिक साधनहरू जुट्नाले प्रशन्नता बढ्नेछ । विभिन्न अवसर प्राप्त हुनाले मन उत्साहित रहला । तर आफन्तको विश्वास गर्दा समस्या उत्पन्न हुन सक्छ, सावधानी अपनाउनुहोला । रोकिएको काममा सफलता मिल्नेछ ।

वृश्चिक – आजको दिन खर्चमा केही वृद्धि हुन सक्छ, तर आफ्नै प्रयासले आर्थिक लाभ मिल्ने समय छ । विभिन्न अवसरले पछ्याउनेछन् । व्यापारमा राम्रै फाइदा हुनेछ । काममा अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । रमाइलो जमघटका बीच विशेष उपहार र स्वादिष्ट खानपानको आनन्द पाइएला । शुभ समाचार प्राप्त हुनसक्छ । सहयोगीहरूले विपक्षीलाई साथ दिनाले काममा चुनौती देखिएलान्, तर भाग्यको प्रवलताले नतिजा तपाईंकै पक्षमा रहनेछ । यात्रापरक काम बन्नेछ ।

धनु – समय केही चुनौतीयुक्त रहने देखिन्छ । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्यमा शंका र असमझदारी बढ्ने योग छ । परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइएला । काम बिग्रने डरले सताइरहनेछ । बेसुरमा वचन नदिनु उचित हुनेछ । स्वास्थ्य केही कमजोर रहनसक्ने भएकोले विशेष सजगताको दरकार छ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता गाँसिने र सो सम्बन्धबाट उत्साह जागृत हुनसक्छ ।

मकर – प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ । इर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ । प्रयत्न गर्दा अप्ठ्यारा काम पनि सम्पादन हुन सक्छन् । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । पहिलेको सफलताले थप हौसला जगाउनेछ भने मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । आलोचकहरू आक्रामक बन्न सक्छन्, तर जित तपाईंकै हुने देखिन्छ । आरोग्यबल बढ्नेछ ।

कुम्भ – बौद्धिक, रचनात्मक तथा कलात्मक काममा सफलता मिल्ने समय छ । पारिवारिक सुखशान्ति बढ्नुका साथै कार्यमा सफलता मिल्नेछ । अध्ययन-अध्यावनमा राम्रो प्रगति होला । हिम्मतले काम लिने प्रयास गरे आफ्नै प्रतिभाले फाइदा दिलाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । धन आर्जन हुनेछ । बिछोडिएका परिवारजनसँग भेटघाट हुने योग छ । मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन कसिन सक्छ । रसरागात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ ।

मीन – शुभता बढ्नेछ । विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन् भने आयआर्जन पनि राम्रै हुनेछ । परिवारजनसँग आत्मीयता बढ्ला । मनको डर उत्साहमा रूपान्तरित हुने योग छ । रमाइलो यात्रा गर्ने मौका जुर्ला । मन मिल्ने साथी भेटिए पनि मनको भाव ब्यक्त गर्न उपयुक्त साइत पर्खनु उचित हुनेछ । होला । आफन्तको साथले कार्यगति बढ्नेछ ।