अस्ट्रेलिया र भारत बीच युरेनियम आपूर्ति गर्ने सम्झौता

अस्ट्रेलिया र भारत बीच युरेनियम आपूर्ति गर्ने सम्झौता


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अष्ट्रेलियाको भ्रमणमा रहेको समयमा अस्ट्रेलिया र भारत बीच युरेनियम आपूर्ति गर्ने सम्झौता भएको जनाइएको छ ।

छलफलमा भारतमा बिजुलीको माग उच्च रहेको उल्लेख गर्दै प्रधानमन्त्री मोदीले आगामी वर्षहरूमा आणविक ऊर्जा उत्पादनलाई पर्याप्त मात्रामा अघि बढाउने योजनाको रूपरेखा प्रस्तुत गरेको जनाइएको छ ।

अष्ट्रेलियामा विश्वको युरेनियम स्रोतको लगभग २८ प्रतिशत रहेको जनाइएको छ तर कानुनी अवरोध र राजनीतिक संवेदनशीलताका कारणले भारतमा निर्यातमा बाधा पुगेको जनाइएको छ ।

प्रधानमन्त्री मोदीले आफ्ना अस्ट्रेलियाली समकक्षी एन्थोनी अल्बनिजसँगको वार्तापछि आणविक ऊर्जासम्बन्धी महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेको बताएका हुन् ।

यसले अष्ट्रेलियाबाट भारतलाई युरेनियम आपूर्तिको मार्ग प्रशस्त गर्ने र स्वच्छ ऊर्जाप्राप्तिका उद्देश्यहरूलाई गति दिने जनाइएको छ ।

दुई देशले संयुक्त विज्ञप्ति जारी गर्दै यसले शान्तिपूर्ण उद्देश्यका लागि दीर्घकालीन युरेनियम निर्यातलाई अनुमति दिएको बताएका छन् । सम्झौताअनुसार निर्यात अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीद्वारा स्थापित सुरक्षाअन्तर्गत हुनुपर्ने छ ।

सम्झौताले भारतमा अस्ट्रेलियाको युरेनियम निर्यातलाई सहज बनाइ जीवाश्म रहित इन्धनको क्षमता बढाउने अष्टेयिाली प्रधानमन्त्री अल्बनिजले पत्रकारहरूसँगको साक्षात्कारमा बताएका छन् ।

प्रधानमन्त्री अल्बानिजले मोदीको नेतृत्वको प्रशंसा गर्दै दुई देशबीचको सम्बन्धलाई बलियो बनाउन सहयोग गरेको उल्लेख गरेका छन् ।

मेलबर्नको एक स्टेडियममा भव्य कार्यक्रमको बीचमा प्रधानमन्त्री मोदीलाई रक-स्टार सम्मान गर्ने तयारी गरिएको जनाइएको छ भने अष्ट्रेलियापछि उनी न्युजिल्यान्ड जाने कार्यक्रम रहेको जनाइएको छ ।