काठमाडौंको नयाँ बसपार्कस्थित एक गेस्ट हाउसमा महिलाको हत्या भएको घटना उजागर भएको छ । गेस्ट हाउसको एक कोठामा आइतबार (३ साउन) २५ वर्षीया निशा सुनारको शव फेला परेपछि हत्याको घटना बाहिर आएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंले सुनारको हत्या भएको घटनास्थलको मुचुल्काले देखाएको जनाएको छ ।
परिसरका एस्पी पवनकुमार भट्टराईका अनुसार गेस्ट हाउस सञ्चालकले कोठाभित्र गन्ध आएपछि प्रहरीलाई खबर गरेका थिए । जानकारीलगत्तै घटनास्थल पुगेको प्रहरीले मुचुल्का गरी अनुसन्धान अघि बढाएको छ भने मृतकको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।
मृतक निशा सुनार कैलाली धनगढी उपमहानगरपालिका निवासी रहेको बताइएको छ ।
प्रतिक्रिया