लिङ्ग परिवर्तन गरेर पुरुषबाट महिला बनेकी बेलायतकी एक मोडल अनौठो चाहना सार्वजनिक गरेर यतिबेला चर्चामा छाएकी छिन् । केविन म्याककैमबाट फे परधाम बनेकी यिनी विश्वकै यस्तो पहिलो व्यक्ति बन्न चाहन्छिन् जो आफ्नो सन्तानको पिता र माता दुवै आफैँ बन्ने ध्येय राख्छिन् । एउटै व्यक्ति बाबु पनि र आमा पनि कसरी सम्भव होला त ? प्रश्न रोचक मात्र नभई जटिल पनि छ । तर, यस्तो जटिल कुरा पनि सहजै साकार तुल्याउन परधाम सक्रिय बनेकी छिन् । यतिबेला उनी एक सेरोगेट मदरको खोजीमा छिन् जसले उनको बच्चा जन्माइदिने कष्ट उठाउन् । २७ वर्षीया परधामले लिङ्ग परिवर्तन गर्नुअघि नै आफ्नो शुक्रकीट सुरक्षित गरिसकेकी थिइन्, जतिबेला उनी केविन नामक पुरुषको रूपमा थिए । १६ वर्षकै उमेरदेखि महिला बन्ने सपना पालेकी उनी यतिबेला आफू फगत एक महिलामा सीमित नरही आमा बन्ने धुनमा छिन् र यसनिम्ति जतिसुकै रकम खर्च गर्न तत्पर छिन् । निकट भविष्यमै आफ्नो बाल्यकालका एक साथीसँग वैवाहिक सम्बन्ध गाँस्न लागेकी फे सन्तान भने आफ्नै वीर्यबाट जन्माउन चाहन्छिन् । सन्तानको आमा र बाबु एकै व्यक्ति बन्ने फेको चाहना साँच्चै अनौठो छैन त ?
उड्दाउड्दै यौन धन्दा
यूएईको एक निजी एयरलाइन्समा कार्यरत एउटी एयरहोस्टेसले प्लेनमा उड्दाउड्दै यौन धन्दा चम्काएर करोडौँ आर्जन गर्न सफल भएकी छिन् । जहाजका यात्रुसँग शारीरिक सम्बन्ध राख्दै दुई वर्षमै आफ्नो तलबबाहेक अलग्गै ६ लाख ५० हजार युरो कमाउन सफल ती विमान परिचारिकाले हवाईजहाजको ट्वाइलेटलाई नै आफ्ना व्यापारिक अखडा बनाउँदै आएकी थिइन् । एक न एक दिन नराम्रो कामको भण्डाफोर भई नै हाल्छ भनेझैँ एक यात्रुसँग प्लेनको बाथरुममा सम्भोगरत अवस्थामै हालै उनी पक्राउ परेकी थिइन् । प्रहरीले कडिकडाउसँग सोधपुछ गरेपछि आफू विगत दुई वर्षदेखि नै यात्रु फसाएर यौनसेवा दिने धन्दामा लागेको उनले खुलासा गरेकी थिइन् । यौन धन्दामा सहजताकै निम्ति आफ्नो सेड्युलमा भरसक लामो दूरीको फ्लाइट रुचाउने उनले प्रतिव्यक्ति १५ सय युरो असुल्ने गरेकी थिइन् । पछिल्ला केही वर्षयता एयरहोस्टेसहरू वेश्यावृत्तिमा संलग्न रहेका समाचार निकै सुनिन थालिएको छ । यस्तै आरोप लागेका केही विमान परिचालिकालाई जापानमा हालै सेवाबाट अवकाश दिइएको थियो ।
निःशुल्क तेल पाउन यस्तो भेष
युक्रेनको राजधानी किभस्थित एक पेट्रोलपम्पमा बिकिनी (महिलाले पहिरिने वस्त्र) पहिरिएर इन्धन भर्नेहरूको लाइन लागेको छ । नयाँ खुलेको एक पेट्रोलपम्पले आफ्नो बिजनेस प्रमोसनका लागि निश्चित अवधिभर बिकिनी लगाएर आउनेलाई निःशुल्क तेल दिने स्किम अघिसारेपछि बिकिनीमै पेट्रोल भर्न जानेको भीड लागेको हो । उक्त स्किम लागू रहिन्जेल बिकिनी पहिरिएका महिला मात्र नभई सोही भेषमा पुरुष ग्राहकको समेत भीड लाग्न पुग्यो । कतिपय पुरुष महिलासँग उक्त वस्त्र मागेर निःशुल्क तेल पाउन लाइन लागेका थिए भने कैयन महिलाले चाहिँ आफ्ना प्रेमी वा श्रीमान्लाई जबर्जस्ती बिकिनी लगाउन लगाई पेट्रोलपम्प पठाएका थिए ।
यिनको बिहेमा जनावर जन्ती
आफ्नो वैवाहिक समारोहलाई आकर्षक र स्मरणीय तुल्याउन विश्वका कतिपय मानिस अनेक उपाय अवलम्बन गर्छन् । यस्तैमध्येका एक बेलायती जोडीले विवाहको पार्टीमा तीस फरक–फरक जनावरलाई आमन्त्रण गरेर चर्चा बटुलेका छन् । दश वर्षको पे्रम सम्बन्धपछि हुन लागेको विवाहलाई स्मरणीय तुल्याउन पोल फ्रिक्ले र जेनेट स्टिबलको जोडीले आफ्ना यावत् पाहुनाका अलावा अजिङ्गर, लोखर्के, माकुरा, छेपारा, बिच्छीलगायत विभिन्न तीस जीवजन्तुलाई विवाहको पार्टीमा सरिक गराएका थिए । पार्टीमा उपस्थित पाहुना वैवाहिक समारोह नै ‘मिनी जु’ बनेको देख्दा दङ्ग परे भने दुलाहा बनेका फ्रिक्लेले सधैँ एकैप्रकारको वैवाहिक पार्टी देख्दा आफूलाई दिक्क लागेकोले यस्तो अनौठो समारोह आयोजना गरेको प्रतिक्रिया दिए । बेहुली जेनेटले चाहिँ प्रकृतिसँग नजिक रहेर विवाह गर्दा कस्तो अनुभूति होला भन्ने जान्न आफूहरूले यस्तो उपाय सोचेको बताइन् । प्रतिघन्टा एक सय ३५ पाउन्ड लिएर जनावर उपलब्ध गराइदिने व्यावसायिक कम्पनी ‘द पार्टी एनिमल्स’ले उनीहरूको यस्तो अनौठो चाहना पूरा गरिदिएको हो ।

प्रतिक्रिया