लण्डन। अल्डरसटस्थित प्रिन्सेस हलमा पहिलाे प्रिमियर शाेपछि नै निक्कै नै प्रशंसा पाउन सफल भएकाे नेपाली कथानक चलचित्र ‘तीन घुम्ती’को बेलायतको विभिन्न शहरहरूमा प्रदर्शन हुँदैछ । स्वर्गीय वी.पी. काेइरालकाे उपन्यास ‘तीन घुम्ती’मा अाधारित यस चलचित्र बेलायतकाे रिडिङमा १९ सेप्टेम्बरमा रिलिज भएपछि यही अक्टाेबर १० तारिख ननिङ्टनकाे ननिङ्टन नेपलिज कम्युनिटिकाे अायाेजनामा, खासगरी साे कम्युनिटिका सचिव विनाेद श्रेष्ठकाे विशेष सक्रियतामा ‘द एबी थिएटर’मा भव्य किसिमले सफल प्रदर्शन भएकाे छ ।
त्यस्तै याेर्कसायरस्थित ‘अलेक्जान्द्रा थिएटर’मा अर्काे दिन अर्थात् ११ तारिख याेर्क नेपलिज कम्युनिटिका भरतमणि लिम्बूकाे विशेष सक्रियतामा आयोजनामा भएको छ । बी.पी. कोइरालाको अमर कृतिबाट निर्माण गरिएको उक्त चलचित्र ‘तीन घुम्ती’मा स्थानीय नायक ध्रुव दत्त र गरिमा पन्तको विशेष भूमिका रहेको छ। चलचित्र तीन घुम्ती अागामी, १४ नाेभेम्बर क्याटरिकमा, २१ नाेभेम्बर स्वीडेनमा र त्यही मिहनामा अास्फाेर्ड, फोल्कस्टोन, मेडस्टोन, ह्याराेलगायतका स्थानमा पनि रिलिज हुने भएको बताइएकाे छ।
पिताम्वरको भुमिकामा देखिएका नायक ध्रुव दत्त र इन्द्रमायाको भूमिकामा देखिएकी गरिमा पन्तको जीवन्त अभिनयको पनि राम्रै चर्चा भयो । त्यस्तै नेपालमा जय नेपाल हलमा भएको प्रिमियरमा प्रधानमन्त्री एवं काँग्रेस सभापति सुशील कोइराला, पूर्व प्रधानमन्त्री एवं एमाले नेता माधव कुमार नेपाल, काँग्रेस उपसभापति रामचन्द्र पौडेललगायत विशिष्ठ व्यक्तिहरुको सहभागिता रहेको थियो । कर्मा प्रोडक्सनको व्यानरमा तयार भएको चलचित्रलाई राकेश अडुकिया, पंकज जलान र गोपाल सुवेदी मिलेर निर्माण गरेका हुन् । पंचायतको परिवेशमा लेखिएको उपन्यासले नेवार परिवारकी एक युवतीले पार गरेका तीन घुम्ती’को कथा पेश गर्दछ ।



प्रतिक्रिया