लन्डन । नेपालमा सर्वाधिक चर्चा अनि सफलता कमाएको नेपाली हास्य चलचित्र वडा नम्बर ६, बडा दशैं तथा दीपावलिको अवसर पारेर यही अक्टुबर २४ शनिवारका दिन बेलायतस्थित अल्डरशटको एम्पायर हलमा प्रदर्शन गरिएको थियो । निर्धारित समयभन्दा केही ढिला अर्थात् साँझ सात बजेपछि शुरु भएको सो चलचित्र हेर्नको लागि दर्शकहरु खचाखच भरिएका थिए ।
शुरुमा आयोजकका तर्फबाट दशैँ तिहारको शुभकामना तथा प्रायोजक र मिडियाहरुलाई धन्यबाद ब्यक्त गरिएको थियो भने गैर आवासीय नेपाली संघ युरोपका नव निर्बाचित सयोजक तथा गैर आवासीय नेपाली संघ यूकेका पूर्व अधक्ष्य कुल आचार्यलाई सहारा युकेका नवीन गुरुङ, आयोजक बीरेन खड्का, अनिल मल्ललगायत पुरण गिरीले खादा लगाई सम्मान तथा बधाई दिएका थिए । ५०० भन्दा बढी दर्शकहरुको उपस्थिति रहेको सो प्रदर्शनीमा माग्ने बूढा, धुर्मुस, राजाराम, सिताराम कट्टेल, केदार घिमिरेजस्ता हास्य कलाकारहरुले दर्शकहरुलाई मजासँग हसाउन सफल भएका थिए भने “सुर्के थैली खै ” भन्ने गीतबाट सबैले आनन्द लिएका थिए । जनयूद्ददेखि, जातीय छुवाछुत, धनी गरिव सानो ठूलो जस्ता समाजका बिभेदरुको बारेमा व्यंग्यात्मक प्रस्तुती रहेको चलचित्र वडा नम्बर ६ मनोरन्जनात्मक दृष्टिकोणमा निकै नै सफल रहेको देखिन्छ । प्रेम अन्धो हुन्छ र यसलाई चाहेर पनि कसैले पनि रोक्न सक्तैन भन्ने पाठ पनि यस चलचित्रले दिन खोजेको देखिन्छ |
६ एकान ६ को अत्यधिक सफलता प्राप्त गरेपछि बनेको दीपा र दीपकको यस चलचित्रले झनै नयाँ किर्तिमान कायम गरेको कुरा मिडियामा ब्यापक चर्चा चलेको थियो । मात सरस्वती मुभिजको ब्यानरमा बनेको यस चलचित्रमा दीपक, दीपा, जितु, प्रियंका, दयाहांग, माग्ने बूढा, धुर्मुस, राजाराम, सिताराम कट्टेल, केदार घिमिरे, विल्सन बिक्रम, जस्ता कलाकारहरुको समीश्रण रहेकोछ । उक्त सिनेमालाइ उज्वल घिमिरेले निर्देशन गरेका हुन् भने कार्यकारी निर्देशकको भूमिका निर्मल शर्माले निभाएका छन् । प्रियंका कार्की र दयाहांग बाहेकका प्राय सबै कलाकारहरुको यस सिनेमामा लगानी रह्र्कोछ ।



-नरेन्द्र बस्नेत, तस्वीर -Everest Gautam
प्रतिक्रिया