जुनी जुनी हर जुनी तिमी मेरै बन…..

जुनी जुनी हर जुनी तिमी मेरै बन…..


15102910fcfffलन्डन, नेपालको सांगीतिक धरातलमा आफ्नो छुट्टै पहिचान बनाउँदै आएकी अहिलेकी चर्चित अनि लोकप्रिय गायिका आन्जु पन्तको स्वर रहेको एउटा गीतलार्इ बूढासुबा म्युजिकले गत हप्ता मात्र सार्वजनिक गरेकोछ । अन्जुले थुप्रै गीतहरु गाएकी भए तापनि आफ्नो म्यूजिक भीडीयोमा खासै नदेखिने अन्जु पन्तलार्इ यस पटकको जुनी जुनी बोलको गीतमा भने लन्डनको प्रमुख स्थानहरु टावर ब्रीज, लन्डन आइ, वेष्ट मिनिस्टरलगायत थेम्स नदीको सेरोफेरोमा अभिनय गरेको देख्न सकिनेछ ।
गीतकार नृपेश उप्रेतीको शब्द रहेको यस गीतमा संगीत भर्ने काम अर्जुन पोखरेलले गरेका छन् भने बेलायतमै बसोबास गर्दै आएका कुशल श्रेष्ठको छायांकन, सम्पादन तथा निर्देशन रहेकोछ । त्यस्तै गरी उक्त भीडीयोमा सहनिर्देशनको भूमिकामा कृष्ण सुवेदी रहेकाछन् । यस भीडीयोको लागि लन्डनकै चर्चित डिजाइनर अन्जली के.सी.ले साथ दिएकी छन् । उक्त म्यूजिक भीडीयोमा अन्जु पन्त लगायत बिदुर अधिकारी र सारा सिर्पालीको भूमिका रहेकोछ । गीतकार नृपेश उप्रेतीको यसअघि पनि चर्चित गायकहरु शिव परियार र प्रमोद खरेललाइ पहिलोपटक एकै ठाउँमा राखेर “आफ्नै जिन्दगी आफैलाई भारी भारी भाकोछ” भन्ने बोलको एउटा गजल पनि सार्वजनिक भइसकेकोछ जसले पनि निकै चर्चा बटुलेको थियो ।
यस पटकको अन्जु पन्तको आवाजमा रहेको उक्त गीत पनि सफल हुनेमा आफू आशावादी रहेको गीतकार नृपेश उप्रेतीले बताए । सामान्यतया एक दिनमा म्यूजिक भीडीयोको तयारी हुने भएता पनि यसमा ३ दिन लगाएर तयार गरिएकोछ भने मेकअप, डिजाइनर अनि प्रविधिमा पनि कुनै कन्जुस्याँइ नगरेको उप्रेतीले बताए । आफ्नै दिल भित्रको भावना रहेको यस गीतबाट अहिलेसम्म आफू पनि सन्तुष्ट रहेको राम्रै खालको प्रतिक्रियाहरु पाएको उनले बताएकाछन् ।
तिहारपछि निस्कने “आहान अर्को खुशी” नामक एल्बममा ८ ओटा गीतहरु रहनेछन भने उक्त एल्बममा नेपालका चर्चित गायक गायिकाहरुको आवाज रहनेछ ।
-नरेन्द्र बस्नेत
[youtube]http://www.youtube.com/watch?v=_YxMkBFRVR4[/youtube]