बच्चालाई भोको राखी मार्ने आमा

बच्चालाई भोको राखी मार्ने आमा


लण्डन । एकजना महिलाले आफैले जन्माएकी बच्चालाई भोको राखेर मारेको आरोपमा उनलाई गत साल जेल सजाय दिएको थियो । अहिले तिनी जेलमा मोटाएर १८ स्टोन्, एक क्विन्टलभन्दा बढी वजनकी एकदमै थुलथुल शरीर अकारकी बनेकी छिन् । ३६ वर्षीया एन्जेला गोर्डनले आपनो बच्चालाई खाना नदिई भोको राखेकी आरोप स्वीकार्दिनन्, तर विभिन्न प्रमाणहरुबाट बच्चालाई भोको राखेर मारेको आरोपमा जेल गएकी एन्जेला आफूभने अहिले मोटाएर बेलून जस्तै फुलिएर जेलभित्र बसेकी छिन् । तिनले आफ्नै छोरी ७ वर्षीया खाइरा इशाकलाई महिनौसम्म खाना नदिएर मारेकी थिईन् । यस मामिलालाई राम्ररी थाहा पाएका, एकजना श्रोतले …. एन्जेलाले साह्रै खाना रुचाउने हुनाले जेलमा खाना खाएर आफ्नो आकार बढाएकी छिन् जुनचाँहि छोरी खाइराको सम्झनालाई तिरस्कार गरेको प्रतीत हुन्छ….समाचारदाताहरुलाई भनेका थिए । एन्जेला जसलाई १५ वर्षको जेल सजाय भोग्दैछिन्, तिनलाई अहिले ब्रिस्टल नजिकैको इष्टवूड पार्क जेलबाट फोस्टन नजिकको डर्बी जेलमा चलान गरेर स्थानान्तरण गर्ने समाचार प्राप्त भएको छ ।
श्रोतले थप्दै .. तिनले धेरैलाई साथी बनाउन सकिरहेकी छैनन् त्यसकारण त्यहाँबाट सिफ्ट भएर जाने कुरामा धेरैले स्वागत गरेका छन् …. भनेका थिए । जेल चलान हुनुअघि एन्जेलाले मुसल्मान महिलाहरुले लगाउने हिजाब लगाउँथिन्, तर, अहिले त्यो हिजाब त्यागेर जमाइकीहरुले ओढ्ने रस्ताफरियन टोपी लगाउन थालेकी छिन् । जेलका स्टाफहरुलाई समाचारदाताहरुले खाइराबारे सोधपुछ गर्दा उनीहरुले त्यसबारे केही बताउन चाहिनन् । पोहोर हृयान्ड्सवोर्थ, बिमिङघम् स्थित, घरमा खाइरा भोकोले मरेकी अवस्थामा केवल लगभग १२ केजीकी थिईन् । खाइरालगायत खाइराकी ६ वर्षदेखि १४ वर्षसम्मका ३ जना भाइहरु र २ जना बहिनीहरुलाई एन्जेला र तिनकी ससजोफ्रिनीया (मानसिक बिमार )बाट ग्रस्त, ३३ वर्षीय ब्वाइफ्रेण्ड जुनाइद अबुहाम्जाले ती बच्चाहरुलाई चरम यातना दिँदै आएका थिए । जुनाइदलाई पनि कम्तीमा साढे साथ सालको जेल सजाय भएको छ । श्रोत – सन्, सुमल, मेस ।