धुर्मस र सुन्तलीलाई पुनर्निर्माण प्राधिकरण !

धुर्मस र सुन्तलीलाई पुनर्निर्माण प्राधिकरण !


dhurmus and suntali
नेपाल सरकारको सरसफाइ दूत भएपछि रामेछापबाट सरसफाइ सुरु गरेका हास्य कलाकारद्वय सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीले पुनर्निर्माण प्राधिकरणको जिम्मा नै आफूलाई दिनुपर्ने भन्न थालेका छन् । नेपालको हास्य क्षेत्रमा उनीहरूको प्रस्तुति लोकप्रिय मानिन्छ । सामाजिक अभियानमा पनि उनीहरूको भूमिका सकारात्मक छ । भूकम्पपीडितका लागि केही टहरा पनि उनीहरूले आफ्नै लगानी र मिहिनेतमा बनाए । यसो भन्दैमा सिङ्गै प्राधिकरणको काम माग्नु अलि हजम नहोला कि ? भूकम्पपछिको पुनर्निर्माण ठट्टा होइन कि यो ३० मिनेटको सिरियल बनाएझैँ सहजै सम्भव होस् । अर्को कुरा अहिले उनीहरू जसरी सरसफाइ दूत बनेर हिँडेका छन् यो व्यक्तिगत खर्चमा होइन । नेपाल सरकारको तलब खाएर गरिने काम कुनै बहादुरी मान्न नसकिएला कि ?