निखिल–जोडीको फेसबुक–कथा

निखिल–जोडीको फेसबुक–कथा


Nikhil_sanchita
एक समय नेपाली फिल्मी बजारमा हल्ला थियो– निखिल उप्रेती प्रविधिमा सबैभन्दा जानकार हिरो हुन् । उनले आफ्नै निर्देशनमा चलचित्र बनाए ‘भैरव’ । व्यापार पनि राम्रै भयो । फेरि तारिफ गर्दै भन्नेहरूले भने, ‘नेपाली दर्शकले के चाहन्छन् त्यो निखिलले राम्रो बुझेका छन् ।’ यिनै हिरो–निर्देशकको अचम्मलाग्दो अर्को कुरो छ । अहिलेसम्म उनले फेसबुक/ट्विटरजस्ता सामाजिक सञ्जालमा आफ्नो उपस्थिति नै जनाएका छैनन् । उनी हाकाहाकी स्वीकार गर्छन्, ‘मेरो कमजोरी पनि हुन सक्छ अहिलेसम्म मेरो फेसबुक एकाउन्ट नहुनुमा ।’
nikhil-sanchita
उनको कुरा छोडौँ । कुनबेलाकी चर्चित नायिका एवम् निखिलपत्नी सञ्चिता लुइँटेलको पनि फेसबुक एकाउन्ट छैन । निखिलले झैँ सञ्चिताले चाहिँ खातै नखोलेकी भने होइनन् । एक समय फेसबुकमा खाता खोलेकी सञ्चिताले निखिलसँग बिहे गरेलगत्तै फेसबुक एकाउन्ट डिएक्टिभ गरेकी थिइन् । कारण उनी नै जानुन्, अहिलेसम्म कसैले यसको सुइँको पाएको छैन । चल्तीका हिरोइन र निर्देशक सामाजिक सञ्जालमा उपस्थित हुनु राम्रो हो वा होइन, त्यो पनि उनीहरू आफैँ जानुन् । तर दु:खको कुरा…, उनीहरूकै नाममा खुलेका फेक एकाउन्ट भने प्रशस्तै भेटिन्छन् अहिले पनि ।