‘बोल्ड’ गायिका इन्दिराको फड्को

‘बोल्ड’ गायिका इन्दिराको फड्को


Indira
सेक्सी गायिकाको खाता सुरक्षित गरेकी छिन् इन्दिरा जोशीले । आफ्नो गीतमा आफैँ मोडलिङ गर्दै आएकी इन्दिराले यसपालि हलिउड स्टारसँग काम गरेकी छिन् । मिलान कोरेको निर्देशनमा बनेको एउटा भिडियोमा इन्दिराले हलिउडका चर्चित र्‍यापर सिन किङस्टनसँग मोडलिङ गरेकी छिन् भने भिडियोमा अभिनय पनि उनको आफ्नै रहेको छ ।

हलिउडको र्‍यापरसँग स्वरमा स्वर मिलाउँदै मोडलिङ गरेकी इन्दिरा हलिउडका अन्य प्रोजेक्टमा पनि सहभागी हुने सुरमा पो छिन् कि ? ‘अफर आयो भने काम गरिहाल्नु नि ।’ प्रश्नको यस्तो जवाफ दिएकी इन्दिराले पछिल्लो समय चलचित्र फन्कोमा आइटम डान्ससमेत गरेकी छिन् । बोल्ड गायिकाको परिचय बनाएकी यो फड्को चानचुन कुराचाहिँ होइन है ।