ज्योति मगरले बेलायतको भिसा नपाएपछि…

ज्योति मगरले बेलायतको भिसा नपाएपछि…


यदि बेलायती दूतावासले भिसा दिएको भए ज्योति मगर अहिले बेलायती सहरमा बसोबास गर्ने नेपाली समुदायको बीचमा कम्मर मर्काउँदै हुन्थिन् । बेलायत बस्ने नेपाली पनि ज्योतिको पुष्ट छाती र छोटो ड्ेरससँगै कम्मर मर्काउँदै गरेका हुन्थे । तर, दूतावासले भिसा नदिएपछि ज्योतिको पुष्ट शरीर हेरेर रमाउन चाहनेहरू निराश बनेका छन्, बरु उनको ठाउँमा अब हट गायिका इन्दिरा जोशीले भन्नेछिन्– उध्रेको चोली मेरो हेर्नचाहिँ पाइन्छ !
Jyoti
ब्रिटिस गोर्खा नेप्लिज काउन्सिलले बेलायतका विभिन्न १३ सहरमा गर्ने कार्यक्रममा सहभागी हुन यतिबेला इन्दिरा बेलायत पुगेकी छिन् । उनलाई साथ दिन अर्की गायिका सुनिता दुलाल पनि ७ तारिखमा बेलायत पुग्ने कार्यक्रम रहेको छ । ज्योतिले दिने मनोरञ्जन यी दुई गायिकाले दिन सक्छन् या सक्दैनन्, हेर्न बाँकी नै छ । यतिचाहिँ पक्का हो कि नेपाली चेलीसँगै नेपाली गीतमा स्वरमा स्वर मिलाउँदै बेलायतवासी नेपालीले कम्मर मर्काउन पक्कै पाउने भए ।