सेलाएछ विनिताको जवानी

सेलाएछ विनिताको जवानी


दीपेन्द्र के. खनाल निर्देशित चलचित्र ‘चपली हाइट’मा बोल्ड अभिनय गरेर चर्चामा आएकी विनिता बराल अभिनीत नयाँ फिल्म ‘सुपरहिट’को गीत सार्वजनिक भएलगत्तै उनको जवानी सेलाएको चर्चा चलेको छ । विषयवस्तुअनुसार बोल्ड दृश्य दिन तयार रहेको धारणा राख्ने विनिताले नयाँ चलचित्रमा खास केही गर्न नसकेको टिप्पणी धेरैले गरे ।
binita-baral
चपली हाइटमा अभिनय गरेपछि तरकारी खेती र उपन्यासलेखनमा लागेकी विनिता पछिल्लो समय फिल्मको गीत र स्क्रिप्टलेखनमा समेत व्यस्त छिन् । तर, उनले लेखेको गीत सुनेर फेरि गुन्गुनाउने कि नाइँ, दर्शक आफैँ अलमलमा पर्ने स्थिति छ ।