प्रियंकाले यसरी मारिन् बाजी

प्रियंकाले यसरी मारिन् बाजी


priyanka-karki-music-video
भनिन्छ– वलिउड अभिनेत्री प्रियंका चोपडाले आफ्नै स्वरमा गीत रेकर्डिङ गरेर भिडियो बनाएपछि हलिउडका प्रोजेक्टसम्ममा अवसर पाइन् । सायद त्यही देखेर होला नेपाली नायिका प्रियंका कार्कीले पनि स्वतन्त्र शीर्षकमा एउटा गीत गाइन् र भिडियो पनि बनाइन् । हिरोइन हुनुको नाताले मोडलिङ त आफैँ गर्ने नै भइन्, यहाँसम्म कि उक्त गीतको भिडियोको निर्देशनसमेत प्रियंका आफैँले गरेकी छिन् ।

यु–ट्युवमा भिडियो अपलोड गरेलगत्तै प्रियंकाको चर्चा एकाएक अकासिएको छ । उनले यति धेरै चर्चा पाउनुको कारण बनेको छ– उनले अभिनय गरेको भिडियोमा प्रयोग भएको ड्ेरसअप । हुन त प्रियंकालाई अङ्ग प्रदर्शन गर्न खासै गाह्रो लाग्दैन । आफूलाई पछिल्लो पुस्ताको प्रतिनिधि हिरोइन दाबी गर्ने प्रियंका आफ्नै भिडियोमा ‘टुपिस’मा प्रस्तुत भएकी छिन् ।

नेपाली फिल्मी बजारमा राम्रै छलाङ मारेकी प्रियंकालाई यो भिडियोले कति माथि पुर्‍याउने हो अहिल्यै भन्न सकिन्न, तर गीत गाउन रहर गर्ने अरू तीन नायिका रेखा थापा, पूजा शर्मा र छुल्ठिम गुरुङलाई चाहिँ पक्कै उछिनेकी छिन् उनले ।