भत्केको संरचनामा खोजी तथा उद्दार तालिम

भत्केको संरचनामा खोजी तथा उद्दार तालिम


pol
काठमाडौं । प्रहरी महानिरीक्षक उपेन्द्र कान्त अर्यालले नेपाल प्रहरी तथा राष्ट्रिय भूकम्प प्राविधिक समाज नेपालको आयोजनामा नेपाल प्रहरी विपद व्यवस्थापन महाशाखा सामाखुशीमा संचालन भइरहेको भत्केको संरचनामा खोजी तथा उद्दार तालिमको अवलोकन गरेका छन् । नेपाल प्रहरीको बिपद् ब्यवस्थापनमा बिपद् प्रतिकार्य क्षमता अभिवृद्दि तथा जनशक्ति विकास गर्ने कार्यको रिरन्तरता र बदलिँदो परिस्थितिअनुरुप थप कार्यक्रम गर्ने नीतिअनुसार प्रहरी प्रधान कार्यालय, विपद् ब्यवस्थापन महाशाखाले उक्त तालिम संचालन गरेको हो ।

केन्द्रीय प्रहरी समाचार कक्षले जनाएअनुसार तालिममा प्रशिक्षार्थीहरूले विशेष गरेर खोज तथा उद्दार कारवाही विधि, भत्केका संरचनामा राख्ने सुचकचिन्ह विधि, भत्केका संरचनाले थिचिएर रहेको पिडित पत्ता लगाउने विधि, बिभिन्न सामाग्रीबाट बनेको भवनको पर्खाल तथा अबरोधहरू सुरक्षित र ब्यावसायिक रुपमा भत्काउने वा प्वाल पार्ने विधि, अस्थिर भवन तथा बस्तुहरुलाई टेको लगाउने विधि, गह्रौँ बस्तुलाई उठाउने वा सार्ने विधि र सांघुरो स्थानबाट गरिने उद्दार कार्य एवम् घाइतेहरुलाई सुरक्षित स्थान तथा अस्पतालसम्म पु¥याउने विधिहरुको बारेमा बिस्तृत रुपमा प्रशिक्षण दिइन्छ । पुस २३ देखि संचालित आठ कार्य दिन रहेको तालिममा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल र राष्ट्रिय भूकम्प प्राविधिक समाज नेपाल समेतका गरी २४ जना प्रशिक्षर्थीहरुको सहभागिता रहेको छ ।

बिपद व्यवस्थापन महाशाखामा कार्यरत प्रहरी कर्मचारीहरु तालिम प्राप्त रहेका छन् र अन्य क्षेत्रीय गण गुल्म तथा तालिम केन्द्रहरुमा तालिम प्राप्त कर्मचारीहरु उद्धारकर्मीहरुको रुपमा राखिएको छ । गत बैशाख १२ गतेको भुकम्प पश्चात नेपाल प्रहरी लगायत अन्य सुरक्षा निकायहरुबाट ब्यावसायिक खोज तथा उद्दार कार्यमा यिनै तालिमहरु प्राप्त जनशक्तिहरुको महत्वपुर्ण भुमिका रहेको थियो । नेपाल प्रहरीले यस्ता तालिमहरु क्षेत्रीय रुपमा समेत सचालन गरी दक्षजनशक्ति उत्पादन गर्ने योजना बनाएको बताइएको छ ।