‘सूचना नदिनेहरु नागरिकका शत्रु’

‘सूचना नदिनेहरु नागरिकका शत्रु’


काठमाडौं । नागरिकलाई आफ्नो कार्यालयको सूचना नदिने सार्वजनिक निकायका अधिकारी नागरिकका शत्रु भएको प्रमुख सुचना आयुक्त कृष्णहरि बाँस्कोटाले बताएका छन् । राष्ट्रिय सूचना आयोगको आयोजनामा मंगलबार सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा सम्पन्न सूचनाको हक कार्यान्वयनमा सार्वजनिक निकायका प्रमुख र सूचना अधिकारीको भूमिका तथा दायित्वसम्बन्धी छलफल कार्यक्रममा प्रमुख सूचना आयुक्त बाँस्कोटाले नागरिकले मागेको सूचना उपलब्ध गराउनु हरेक अधिकारीको कर्तव्य भएको जनाए । सो अवसरमा उनले यदि सार्वजनिक निकायको अधिकारीले सूचना दिन आनाकानी गरेमा त्यहाँ अनियमिमताको गन्ध आउने ठोकुवा गरे ।
krishnahari-baskota
सूचना माग्दा कोही तर्सने वा झर्कने गरेमा त्यहाँ अनियमिमताको आशङ्का प्रशस्त हुने उल्लेख गर्दै बास्कोटाले सूचना दिँदा समस्यामा परिन्छ की भन्ने सोचका कारण सार्वजनिक निकायका कर्मचारी तथा अधिकारी ग्रस्त रहेको उनीहरुमा रहेको यस्तो सोचमा परिवर्तन आउनु अपरिहार्य रहेको तर्क गरे ।

सोलुखुम्बुस्थित सरकारी कार्यालयका प्रमुख र सूचना अधिकारी, विभिन्न गैरसरकारी संस्थाका प्रतिनिधि, राजनीतिक दल, सञ्चारकर्मीलगायतको उपस्थिति रहेको सो कार्यक्रममा सहभागीले नागरिकमा सूचना माग्नुपर्छ भन्ने जानकारी नहुनु र सार्वजनिक निकायका अधिकारीलाई पनि सूचनाको हकका बारेमा जानकारी नभएको कारण समस्या रहेको बताएका थिए ।