बेलायतमा पृथ्वी जयन्तीमा भव्यता

बेलायतमा पृथ्वी जयन्तीमा भव्यता


12493477_10208506664564593_5866676992554468978_oलन्डन । आज लन्डन स्थित नर्थहल्टको ब्लू अर्किड रेस्टुरेन्टमा नेपाल एकीकरणका योद्धाका रुपमा चिनिदै आएका पृथ्वीनारायण शाहको सम्झनामा २९४औं पृथ्वी जयन्ती भव्यताका साथ मनाइएकाे छ । लोकतन्त्रको स्थापनापछि नेपालमा सरकारी तवरबाट पृथ्वी जयन्ती मनाउने प्रथाको अन्त भएकोछ, तर देश विदेशमा बिभिन्न कार्यक्रमका साथमा मनाउने प्रथा भएन । गोर्खाका तत्कालीन राजा पृथ्वीनारायण शाहले एकीकरणका लागि आफ्नो सम्पूर्ण जीवनकाल नै समर्पण गरेका थिए । ५० भन्दा बढी राज्यमा विभाजित बाइसी, चौबिसी राज्यहरुलाई एकत्रित गरी सिंगो नेपाललाई चार जात छत्तीस बर्णको फूलबारीको रुपमा घोषणा गरेका थिए । बिगतमा यसलाई राष्ट्रिय पर्वको रुपमा मनाउँदै आइएको भए पनि बि.स.२०६३ सालपछि गठित सरकारले हटाउने निर्णय गरेको थियो । पृथ्वीनारायण शाहले निर्माण गरेको राष्ट्रिय अखण्डता, स्वाधीनता आपसि एकता आदि विषयले अहिले पनि उत्तिकै मनन योग्य रहेको पाइन्छ ।
12491788_10208506670404739_1982343941542774057_oप्रत्यक वर्ष पुस २७ गतेलाई पृथ्वी जयन्तीका रुपमा मनाउँदै आएको राष्ट्रवादी संगठन बेलायतले पनि जनवरी ११ तारिखका दिन एक भव्य समारोहको आयोजना गरेको थियो । बरिष्ठ समाजसेवी डा. राघव धितालको प्रमुख आतिथ्यमा गरिएको उक्त कार्यक्रममा एनआरएन यूकेका अध्यक्ष्य मुछेत्र गुरुङ, प्रवासी नेपाली समाजका बेलायतका अध्यक्ष्य रोशन सापकोटा, यती नेप्लिज एसोसिएसनका अध्यक्ष्य उमेशराज मोक्तान, नेपाल हार्ट फाउन्डेशनका डा. विकल आचार्य, क्षेत्री समाज बेलायतका पूर्व अध्यक्ष्य भीम बानिया, बाचस्पति रेग्मी, सुरेश जंग शाह, महेश रेग्मी लगायतका थुप्रै समाजसेवीहरुको उपस्थिति रहेको थियो ।
12513865_10208506665484616_253055894672683678_oकार्यक्रमको प्रारम्भमा दीप प्रज्वलन गरि मंगलधुनका साथमा पृथ्वी नारायण शाहको तस्वीरमा माल्यार्पण गरिएको थियो । कार्यक्रम कोसेलीका संस्थापक मदन थापा र वसन्त राय क्षेत्रीले मंगल धुन प्रस्तुत गरेका थिए । कार्यक्रममा कविता बचनलगायत राष्ट्र निर्माता पृथ्वी नारायण शाहको योगदान र त्यसकाे आवश्यकतामाथि सबैले प्रकाश पारेका थिए । क्षेत्री समाज बेलायतका पूर्व अध्यक्ष्य भीम बानियाले अर्को बर्ष सम्ममा उक्त दिनलाई राष्ट्रिय दिवसको रुपमा मनाउन पाउने अपेक्षा गर्दै एन आर एनलगायत अन्यसम्बन्धित निकायमार्फत यसको पहल गरिनुपर्ने कुरामा जोड दिएका थिए । पृथ्वी नारायण शाहको योगदान हाल दिनप्रति दिन बढ्दै गएको र भविष्यमा अझ बढ्दै जाने सबैको धारणा रहेको थियो । नारायण अधिकारीद्वारा संचालित उक्त कार्यक्रमको अध्यक्ष्यता भारत रोक्का क्षेत्रीले गरेका थिए भने स्वागत मन्तव्य रमेश लामाले दिएका थिए ।
12489287_1207373445943475_1168635212526036051_o
-नरेन्द्र बस्नेत