सुध्रेनन् हमाल

सुध्रेनन् हमाल


SONY DSC
एक दिन पनि राम्रो अभिनय नगरी राजेश हमालले २० वर्ष बिताए भन्नेहरू धेरै थिए । परम्परागत अभिनयमै दुई दशक बिताएका हमालले यस अवधिमा तीन सयभन्दा बढी फिल्ममा अभिनय गरेका छन् । यस क्रममा पछिल्लोपटक बनेको फिल्म ‘बागमती’मा गज्जब अभिनय गरेको दाबी हमाल स्वयम्ले गरेका थिए । तर, बागमती हेर्न हल छिरेका दर्शकले फिल्म हेरिसकेपछि हाकाहाकी भने, ‘हमाल कहिल्यै सुध्रेनन्’ ।
दर्शकको यो गुनासो उनको कानसम्म पुगेको छ कि छैन कुन्नि । तर, निर्माता/निर्देशकको कानमा भने यो कुरा पुगिसकेको छ । सुध्रनुपर्छ वा पर्दैन हमाल आफैँ जानुन् । तर, नेपाली दर्शकले कुनै दिन नेपाली फिल्म बिग्रनुको कारण के हो भनेर कसैले प्रश्न गर्‍यो भने सीधा उत्तर आउन सक्ने छ– राजेश हमाल ।