यस्ती पनि नायिका !

यस्ती पनि नायिका !


अभिनय गर्ने ढङ्ग नभएपछि नाङ्गो ज्यान देखाएरै भए पनि चर्चामा आउने दाउमा छिन् शुभेच्छा थापा । तर, यसपालिको नाङ्गोपन उनकै लागि महँगो पर्ने भएको छ । बौद्ध धर्मावलम्बीको पवित्र खादाले गुप्ताङ्ग र बक्षस्थल छोपेर फोटो सेसन गराएकी शुभेच्छाले माफी नै माग्नुपर्‍यो । तर, उनले माफी माग्दैमा सुख पाउनेवाला छैनन् ।
subhechha-Thapa-3
अहिले बौद्ध धर्मावलम्बी केही युवा उनले अभिनय गरेको चलचित्र बहिष्कार गर्ने अभियानमा छन् । अघिल्लो वर्ष पनि नाङ्गो छातीलाई माछाले छोपेर तस्बिर खिचाएपछि चर्चामा आएकी शुभेच्छाले यसपालि पनि खादा बेरेर चर्चामा आउने योजना बनाएकी थिइन् । तर, फोटो हेर्नेहरूले हाकाहाकी भने छ्या यस्ती पनि नायिका हुन्छ !