बजेट २०११को मुख्य आकर्षणहरु

बजेट २०११को मुख्य आकर्षणहरु


लण्डन । वर्षभित्रै दुर्इपटक आर्थिक परिवर्तन ल्याउने प्रत्यत्न गरेका चान्सेलरले दोस्रोपटक अर्थात् गत २३ तारिख अर्को परिवर्तनअनुरुप बजेटलाई सार्वजनिक गरे । यही अप्रिल महिनाको पहिलो दिनदेखि नै इन्धनको प्रति लिटरमा पाँच पेन्नीको दरले भाउ बढ्ने पूर्वानुमानलाई गलत बनाउँदै स्टेबलाइजर प्रयोग गरी साविकैको दरमा पनि एक पेन्सले घटाएका छन् । सोही बजेटका मुख्य बूँदा वा आकर्षणहरु निम्न छन् –
इन्धन ट्याक्समा एक पी प्रतिलिटरले कमी
इन्धनमा पाँच पी प्रतिलिटरको दरले फ्युलमा इन्फ्ल्यासन राइज गर्नको लागि अप्रिल महिनाबाट बढाइने भनिएकोलाई २०१२ सम्मका लागि स्थगित,
वार्षिक रुपमा एक पी प्रतिलिटर फ्युल इस्केलेटरलाई २०१५सम्म पूर्ण स्थगन,
टोबाको ड्युटीमा २ प्रतिशतले वृद्धि,
व्यक्तिगत आय कर यथावत
प्रतिव्यक्ति आय छुट ६३० देखि ८,१०५ पाउण्डसम्म
नेशनल इन्स्योरेन्स अनि कार इन्स्योरेन्समा वृद्धि
अँग्रेजी काउन्सिलहरुमा यो वर्ष, कर मिनाह,
हवाइ यात्रीहरुलाई लाग्ने करमा हुने वार्षिक वृद्धि दर स्थगित,
निजी हवाइजहाजमा यात्रा गर्ने व्यवासायी यात्रीहरुलाई पहिलोपटक कर,
लगभग एघार हजार पहिलोपटक घर किन्न खोज्ने ग्राहकहरुलाई सरकारी आर्थिक सहयोग,
१२ वटा युनिभर्सिटी टेक्निकल कलेजहरुलाई सरकारी अनुदान,
आदि मुख्य आकर्ण मानिएको छ । दशमा सात नम्बर दिएको योपालिको बजेटले स्वभावतः मिश्रित आलोजनाहरु पाएको छ ।-देब, मेस