खादाले गोप्य अङ्ग ढाक्ने अभिनेत्री कारवाहीमा

खादाले गोप्य अङ्ग ढाक्ने अभिनेत्री कारवाहीमा


subhechha-Thapa-1
सस्तो प्रचारका लागि जथाभावी तस्बिर खिचाएर चर्चा र आलोचनाको शिकार बनेकी चलचित्र अभिनेत्री शुभेच्छा थापा कारवाहीमा परेकी छिन् । बौद्ध धर्माबलम्बीको पवित्र मानिने खादाले आफ्ना संवेदनशील अङ्गहरू ढाकेर उनले तस्बिर खिचाएकी थिइन् । यसै विषयलाई गम्भीरतापूर्वक लिँदै नेपाल चलचित्र कलाकार सङ्घले शुभेच्छालाई कारबाही गरेको हो । सङ्घले उनलाई छ महिनासम्म चलचित्रसम्बन्धी कुनै पनि गतिविधिमा संलग्न हुन नपाउने गरी निलम्बन गरेको छ ।

देशका गहना मानिने कलाकारले कुनै पनि धर्म, सम्प्रदाय, वर्ग आदिको भावनामा चोट पुर्‍याउनु हुँदैन भन्ने भावनालाई आत्मसात् गर्दै अभिनेत्री थापामाथि कारबाही गरिएको चलचित्र कलाकार सङ्घका अध्यक्ष रामकेशर बोगटीले बताए । बोगटीका अनुसार शुभेच्छाले गल्ती स्वीकार गरेकी छिन् भने अबको छ महिनासम्ममा उनमा पूरै सुधार आउने अपेक्षा पनि गरिएको छ । स्मरण रहोस्, केही हप्ताअघि आफ्नो नयाँ चलचित्रको प्रचारका लागि अभिनेत्री थापाले खादाले स्तनलगायतका गुप्ताङ्ग ढाकेर अर्धनग्न तस्बिर खिचाई सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेकी थिइन् । यसको बुद्ध धर्मावलम्बी समुदायबाट विरोध भएको थियो ।
subhechha_thapa_