गत वर्ष यिनलाई फाप्यो बलिउड

गत वर्ष यिनलाई फाप्यो बलिउड


Bollywood
दीपिका पादुकोण, रणवीर सिंह र अमिताभ बच्चनलाई गएको वर्ष बलिउड निकै फापिलो रह्यो । यी कलाकारले अभिनय गरेका फिल्मले बलिउड बक्स अफिसमा मात्रै तहल्का मच्चाएनन्, ती कलाकार विभिन्न अवार्ड समारोहमा पनि हाई–हाई हुन पुगे । एक साताकै बीचमा दुईटा फिल्म अवार्ड सम्पन्न भए– स्क्रिन अवार्ड र फिल्मफेयर अवार्ड । यी दुवै अवार्ड निजी क्षेत्रबाट गरिनेमध्ये सन्तुलित अवार्ड मानिन्छन् ।
दुवै अवार्डमा अमिताभ बच्चनले पिकुबाट सर्वोत्कृष्ट अभिनेताका लागि क्रिटिक्स अवार्ड पाए भने रणवीर कपुरले बाजीराव मस्तानीबाट सर्वोत्कृष्ट अभिनेताको अवार्ड थापे । दीपिका पादुकोण पिकुबाटै सर्वोत्कृष्ट अभिनेत्रीको दर्जा पाउन सफल रहिन् । त्यसो त अन्य कलाकारले पनि अवार्ड पाएका छन् । अघिल्लो वर्ष नेसनल अवार्ड पाएकी कंगना रनौतले अहिलेसम्म एउटा मात्रै फिल्मफेयर अवार्ड पाइन् भने प्रियंका चोपडाले दुवै अवार्डमा बाजीराव मस्तानीबाटै सहअभिनेत्रीको अवार्ड पाएकी छिन् । रणवीर कपुरसँग सम्बन्ध बिग्रिएपछि रणवीर सिंहसँग हिमचिम बढाएकी दीपिकालाई आउँदो वर्ष पनि बलिउड फलिफापयुक्त हुने फिल्म समीक्षकको विश्लेषण रहेको छ ।