अनमोलको कत्रो क्रेज !

अनमोलको कत्रो क्रेज !


Anmol drims
भुवन केसीलाई रियल हिरो भन्ने दर्शक नेपाली फिल्म बजारमा अहिले पनि छन् । भुवन वास्तवमै हिरो हुन सके–सकेनन् हिसाब हुँदै जाला, उनका सुपुत्र अनमोल केसीले भने रियल हिरो हुने सङ्केत देखाइसकेको चर्चा सिनेबजारमा यतिबेला चल्ने गरेको सुनिन्छ । अनमोल अभिनीत चलचित्र ड्रिम्सको प्रोमो रिलिज भएको २४ घन्टा नबित्दै एक लाखभन्दा बढी दर्शकले उक्त प्रोमो हेरेका थिए । त्यसो त अनमोलले अभिनय गरेको प्राय: सबै फिल्मलाई दर्शकले मन पराउँदै आएका छन् । एकरातमै एक लाखभन्दा बढीले हेरेकोचाहिँ सम्भवत: यो नै पहिलो हो । ड्रिम्सको निर्देशन भुवन केसी स्वयम्ले गरेका छन् भने भुवनको डेब्यु निर्देशन सक्सेस हुने सम्भावना प्रोमोबाटै देखिइसकेको छ । जे होस्, अनमोलले आफ्नो अभिनयमार्फत नायक बाबुको नाक राख्ने कुरामा स्वयम् भुवन ढुक्क छन् ।