सिम्पलको नयाँ घरबार

सिम्पलको नयाँ घरबार


निर्देशक प्रसन्न पौडेलसँग पारपाचुके गरेर मोडलिङ तथा अभिनयमा रमाएकी सुन्दरी सिम्पल खनालले दोस्रो घरबार जोडेकी छिन् । बेलायत बस्दै आएका व्यापारी युवा नदिनसँग उनको दोस्रो बिहे भएको हो । म्युजिक भिडियोमा अभिनय गर्दागर्दै प्रसन्नसँग नजिकिन पुगेकी सिम्पलले केही वर्षको अफेयरपछि उनीसँग विवाह गरेकी थिइन्, तर छोटै समयमा पौडेल–खनाल जोडीबीच असमझदारी बढेको थियो । प्रसन्नसँग अलग्गिएर बस्ने क्रममा सिम्पलले आफ्नो मोडलिङ करिअरलाई थप तीव्रता दिएकी थिइन्, यही दौडानमा नदिनसँग परिचय गाँसेकी सिम्पलको केही महिनादेखि गहिरो अफेयर थियो ।
simpal-khanal
कुनै पनि हिरोइनको कुनै तन्नेरीसँग अफेयर हुनु सामान्य हो । तर, प्रेम सम्बन्धपछि गरेको विवाह केही वर्षमै भताभुङ्ग हुँदा दर्शकसमेत चिन्तित हुने गरेका छन् । आशा गरौँ नदिन र सिम्पलको घरबार बिग्रेको खबर सुन्न नपरोस् । नेपाली म्युजिक भिडियोमा रमाउने गरेका र विशेषगरी सिम्पलको सौन्दर्यमा लट्ठिएका मनोरञ्जनप्रेमीका लागि यही नै सुखद हुनसक्छ ।