सुटुक्क बिहे गरेर गरिमा बनिन् ‘रेस्टुरेन्ट मालिक्नी’

सुटुक्क बिहे गरेर गरिमा बनिन् ‘रेस्टुरेन्ट मालिक्नी’


अफेयरको हल्लाबाट टाढै रहेकी नायिका गरिमा पन्तले बेल्जियमनिवासी हरि थपलियासँग सुटुक्क विवाह गरेकी छिन् । सांस्कृतिक कार्यक्रमका लागि बेल्जियम पुगेकी गरिमाको दुई वर्षअघि हरिसँग पहिलो भेट बेल्जियममै भएको थियो । त्यसपछि उनीहरू अफेयरमा थिए । बेल्जियमबाट नेपाल फर्किएकी गरिमा फेसबुक च्याटमार्फत निरन्तर हरिको सम्पर्कमा थिइन् भने सांस्कृतिक कार्यक्रमका लागि फेरि बेल्जियम गएको बेला उनी बेल्जियममै विवाह–बन्धनमा बाँधिएकी हुन् ।
garima-and-baburam
पछिल्लोपटक चलचित्र झोलामा अभिनय गरेर प्रशंसा बटुलेकी गरिमा अब बेल्जियममै रेस्टुरेन्ट चलाएर बस्ने भएकीले विवाहपछि नेपाली चलचित्रकी नायिकाभन्दा बढी उनी अब ‘रेस्टुरेन्ट मालिक्नी’को रूपमा चर्चामा रहने सम्भावना बढेको छ ।