सूचना तथा संचारमन्त्री रार्इबाट चलचित्रको आवेग अडियो बिमोचन

सूचना तथा संचारमन्त्री रार्इबाट चलचित्रको आवेग अडियो बिमोचन


12636943_1107992929251192_1236562248_oलण्डन । फिल्म ‘आवेग’को ट्रेलर बाहिरिएको छ । चैत्र १२ गतेबाट प्रदर्शनमा आउने यो फिल्मको ट्रेलर, अडियो एल्बमको सूचना तथा संचारमन्त्री शेरधन राईले सार्वजनिक गरेका छन् । बसन्त निरौलाको निर्देशनमा तयार भएको यो फिल्मको अडियो बिमोचनमा अभिनेता आर्यन सिग्देल उपस्थित भएनन् । उनी उपस्थित नभएपछि निर्देशक निरौलाले जुन कलाकारका लागि ७० लाख खर्च हुन्छ उसैले धोका दिएको भन्दै आक्रोश पोखे ।

आर्यनका साथम ध्रूव दत्त, पवित्रा आचार्य, अर्चना डेलाला, रमेश वुढाथोकीको मुख्य भूमिका रहेको यो फिल्मलाई एक्सन शैलीको बनाइएको छ । जसमा आर्यन सिग्देल र ध्रूव दत्त पूर्ण रुपमा एक्सन अवतारमा देखिएका छन् ।

कार्यक्रममा संचारमन्त्रीले फिल्मलाई सफलताको शुभकामना दिए । साथै उनले चलचित्र नीति, बक्स अफिस र सेलिब्रेटी कार्डबारे आफूले गम्भीर रुपमा अध्ययन गरिरहेको जानकारी दिए । सूर्य कार्कीको प्रस्तुतिमा बनेको यो फिल्ममा झमक नारायण घिमिरे, धन सिंह के.सी. र राजेश्वर श्रेष्ठको लगानी छ । प्रस्तुतकर्ता सूर्य कार्कीले आफू ‘मेरो जीवन साथी’ नामक फिल्मबाट डुबेको भन्दै यसबाट उकासिने विश्वास व्यक्त गरे । फिल्म ‘आवेग’ साउथ फिल्मको शैलीमा निर्माण भएको छ । जसले इनिसियल व्यापार गर्ने सम्भावना पनि देखिएको छ ।
-ध्रूव
[youtube]http://www.youtube.com/watch?v=HsbSFLdGMm8[/youtube]