पारस जीवनकुञ्जमा

पारस जीवनकुञ्जमा


बैंककबाट आएपछि महाराजगञ्जस्थित ‘कुण्डलिनी’ क्लबमा बस्दै आएका पूर्वयुवराज पारस अहिले बहिनीहरूसँग जीवनकुञ्जमा बस्न थालेका छन् । जीवनकुञ्ज पूर्वराजा ज्ञानेन्द्रका कान्छा भाइ धीरेन्द्रको निवास हो । बैंककबाट फर्किएपछि आनीबानीमा सुधार आएको बताइए पनि पारसलाई निर्मलनिवासको ढोका भने खुला गरिएको छैन ।
Paras Family
प्राप्त जानकारीअनुसार बैंककमा गरेका अनेक हर्कतका कारण बाबुआमाले चित्त दुखाएर उनको खासै वास्ता गरेका छैनन् । तथापि अस्पतालमा रहँदा भने बाबुआमासँग उनको भेट पटक–पटक भएको थियो । पूर्वयुवराज्ञी पत्नी हिमानीसँग यसबीचमा एकपटक पनि भेट नभएको बुझिएको छ । छोराछोरीसँग भने बारम्बार भेटघाट हुने गरेको बताइएको छ । छोराछोरीसँग खेलेर अहिले उनको लामै समय बित्ने गरेको छ ।

धीरेन्द्र शाह र उहाँकी पत्नी प्रेक्षा दुवैको निधन भएपछि जीवनकुञ्जमा अहिले छोरीहरू मात्रै छन् । दिदीबहिनी तथा नातेदारलाई अत्यन्तै माया तथा आदर गर्ने भनेर चिनिएका पारसलाई दिदीबहिनीको भने दह्रिलो साथ रहँदै आएको छ । आफन्त तथा साथीहरूसँगको भेटघाटमा पारसले मुलुकबारे चिन्ता गर्ने गरेको, तर राजसंस्था फर्किने या फर्काउनुपर्ने कुरामा आफ्नो कुनै रुचि र भनाइ नरहेको बताउने गरेका छन् ।