कसैले तपाईं नभने पनि वर्षा आफैँ मपाइँ

कसैले तपाईं नभने पनि वर्षा आफैँ मपाइँ


barsa-siwakoti1
वर्षा शिवाकोटी नेपाली फिल्म उद्योगमा सङ्घर्षरत मोडल हुन् । केही म्युजिक भिडियोमा अभिनय गरेकी वर्षाले अहिले आफैँ बलिउड नायिका कट्रिना कैफ र जरिन खानसँग तुलना गरेकी छिन् । त्यो मात्रै होइन, कसैकसैले सन्नी लियोनीजस्ती भनिदिँदा दु:ख लाग्ने कुरासमेत गरिन् । तर, आजको मितिसम्म वर्षालाई कसैले पनि सन्नी, जरिन वा कट्रिनाजस्तो भनेर टिप्पणी भने गरेकै छैनन् । कस्ता–कस्ता सुन्दरी पनि सन्नी लियोनीसँग दाँजिन पाए आफूलाई भाग्यमानी ठान्ने परिवेशमा वर्षाले ठूला कुरा किन गरिन् होला, जिज्ञासाकै विषय हो ।
‘नाइँ नभन्नु ल–३’ मा सामान्य भूमिका निर्वाह गरेकी वर्षाले अर्को चलचित्र पशुपतिप्रसादमा पनि सामान्य भूमिका नै निर्वाह गरेकी छिन् । पशुपतिप्रसादको प्रचारमा हिँडेकी वर्षाले बलिउड नायिकासँग आफूलाई तुलना गरेको अलि हजम नहुने पो हो कि † ख्याल गरेको भए राम्रै हुन्थ्यो होला । किनकि उनी अहिलेसम्म पनि रेखा वा करिश्माजस्तो हुन सकेकी छैनन् भने कसरी देखिइन् जरिन वा कट्रिनाजस्ती ? प्रश्न गर्नेहरू धेरै छन् ।